दसैँका बेला मासु खाँदा के कस्ता सावधानी अपनाउनु पर्ला ?

दसैँको रौनक घरसम्म आइपुगेको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दसैँ भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ । मासुको बढी उपभोग हुने दसैँका बेला मासु खाँदा के कस्ता सावधानी अपनाउनु पर्ला ? मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुन सक्ने भएकाले यी कुरामा ध्यान पु¥याउन चिकित्सकहरुले सुझाव दिएका छन्।

दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । तर दसैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ । खानपिनमा ध्यान नदिँदा धेरै नागरिक दसैँंका समयमा अस्पतालमा पुग्ने गरेका छन्। रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र रसायन मिसाएर पकाउँदा कार्सिनोजेनिक उत्पादन भई स्वास्थ्यलाई हानि पुग्ने बताउछन्। यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउन सक्ने हुँदा यस्ता मासु नखान चिकित्सकहरुले सुझाव दिएका छन्।

धुवाँमा सेकाएका सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाई बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्ने हुँदा सजक रहन चिकित्सकहरुले सुझाव दिएका छन्।

खानपिनमा सामान्य ध्यान नदिँदा दसैँंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिक जस्ता समस्या देखा पर्न सक्छ। “एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म राखेर खानु हुँदैन।

क्यान्सरका बिरामीले खसीको मासु एकै पटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान चिकित्सकहरुले सुझाव दिएका छन्।

दसैँको बेला मासु प्रयोग गर्दा, उमालेर र सामान्य तरिकाले पकाएर मात्रै खानुपर्ने चिकित्सकको सुझाव छ। मासु ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुन्छ जस्ले गर्दा पेट, आन्द्रा र छालामा क्यान्सर हुन सक्ने खतरा पनि बढी हुन्छ। “मासुमा गुलियो पदार्थ र प्रोटिन बढी मात्रामा हुनेहुँदा सिधै आगोमा पोल्दा उच्च तापक्रम उत्पन्न भई त्यसले एक्रिल्यामिडिएस उत्पन्न हुन्छ जुन क्यान्सर रोग गराउन सहयोग हुन्छ”

त्यसैले ताजा र सफा मासु किन्नेतर्फ ध्यान दिन जरुरी छ । “मासु पकाउँदा धरै चिल्लो, मसला राखी भन्दा पनि साधारण तरिका अपनाउनु पर्छ । अन्यथा अपच हुने, बान्ता हुने, धेरै बासी मासुले आउँ हैजाजस्ता समस्या हुने गर्छ, “स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो”।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि