प्युठानमा एकजना पत्रकार र वडा अध्यक्षका बीचमा कार्यकक्षमै हानाहान भएको छ ।
कुटाकुटमा परी स्वर्गद्वारी माडी मिडिया ग्रुप प्रालिका अध्यक्ष तथा माडी खबर साप्ताहिक पत्रिकाका सम्पादक केन्द्रप्रकाश विक र स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर भट्टराई दुवै घाइते भएका छन्।
विप्लव नेतृत्वको क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य समेत रहेका विकको टाउकोमा चोट छ भने तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष जितेका भट्टराईको आँखा नजिक अनुहारमा घाउको खत बनेको छ।
उपचारका लागि पत्रकार विक सोमबार राति नै बुटवल पुगेका थिए भने वडा अध्यक्ष मंगलबार बिहान मात्रै उपचारको लागि बुटवल जाँदै गरेको सेतोपाटीलाई प्रतिक्रिया दिए। पत्रकार विकको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
पत्रकार र वडा अध्यक्षका बीचमा सोमबार दिउँसो साढे ३ बजेतिर स्वर्गद्वारी नगरपालिकाभित्रै कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।
घटनाबारे प्रतिक्रिया लिन खोज्दा पत्रकार विक सम्पर्कमै आउन चाहेनन् तर घटना भएकै दिन सोमबार नै क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष डिल्लीराज रावतले त्यसको विरोध गरेका छन्। रावतले जारी गरेको विज्ञप्तिमा विकमाथि वडा अध्यक्षले खुकुरी प्रहार गरेको आरोप लगाएका छन्।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने