October 5, 2018

‘याे सरकार ५ वर्ष टिक्छ’- प्रधानमन्त्री ओली

 

काठमाडौँ, असोज १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भनेको कुरामा कुनै आपत्ति नभएको बताएका छन् ।

अमेरिको १३ दिने औपचारिक भ्रमण सकाएर बिहिबार स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै माधव नेपालले भनको कुरामा कुनै आपत्ति नभएको बताएका हुन् ।

प्रधानमन्त्री  ओलीले नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताए । उनले भने, ‘कवि मनले लयात्मक ढंगले केही भनिहाल्यो भने त्यसैलाई समातेर कुद्नु पर्ने छैन। पुराना गीत सम्झना हुनसक्छ ।’

उनले सरकारले अहिलेसम्म कुनै खराब काम नगरेको दाबी गरेका छन् । ‘ याे सरकार ५ वर्ष चल्छ र अर्को चुनावपछि झन् बलियो भएर आउँछ’ उनले भने ।

उनले भारत र चीन सँगको सम्बन्ध बेग्लै उचाइमा अगाडि बढाइएको जानकारी गराउँदै अमेरिका तथा कोष्टारिका भ्रमण नेपालको हित प्रवर्धनमा फलदायी भएको बताए ।

उनले अमेरिका हुँदै कोस्टारिकाको भ्रमण समेत गरेका छन् । प्रधानमन्त्री ओलीले सान होजेमै शान्ति विश्वविद्यालयबाट प्रदान गरिएको मानार्थ विद्यावारिधिको उपाधि पनि ग्रहण गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना