गत असोज ६ गते अमेरिका प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओलीले असोज ११ गते संयुक्त राष्ट्रसंको ७३औं महासभालाई सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक बिकास अन्य मुलुकका लागि उत्कृष्ट उदाहरण बन्ने धारणा व्यक्त गर्नुभएको थियो ।
त्यसअघि एशिया सोसाइटीको कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपीलसमेत गर्नुभएको थियो । अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री थेरेजा मे लगायत विश्वका उच्च राजनीतिज्ञहरुसँग भेटवार्ता गर्नुभएको थियो ।
महासभा सकिएपछि उहाँ कोष्टारिकाको चार दिने औपचारिक भ्रमण पनि गर्नुभएको थियो । सन् १९७७ मा दौत्य सम्बन्ध स्थापना भएपछि नेपालका उच्च अधिकारीले कोष्टारिका भ्रमण गरेको यो नै पहिलो पटक थियो ।