
काठमाडौं, १५ असोज । नेपाल प्रहरीमा इन्सपेक्टर ,प्रहरी सहायक निरिक्षक ( असई ) र प्रहरी जवानको लागि भर्ना खुलेको छ ।
सोमबार प्रहरी प्रधान कार्यलयले एक सुचना जारी गर्दै समावेशी प्रावधानअनुसार पदपुर्ति गर्ने गरि १०८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) , ५२५ जना प्रहरी सहायक निरीक्षक (असई) र ६ हजार २ सय ४४ प्रहरी जवानको े माग गरेको हो । इन्सपेक्टर तर्फ समावेशी समुह र अमर प्रहरी बाहेक ५८ जनालाई खुल्ला तर्फबाट पदपुर्ति गरिने र असई तर्फमा २८३ जनालाई खुल्ला प्रतियोगिता मार्फत पदपुर्ति गरिने बताईएको छ भने बाँकीलाई समावेशी प्रणालीबाट पदपुर्ति गराईने जनाएको छ ।
त्यस्तै गरि ६ हजार २ सय ४४ जवानमध्य ३ सय २० कार्यलय सहयोगी ( भान्से ), १५ जना हजाम, १२ जना सिलाइबुनाई, कुचिकार १४ जना, मोची ९ जना र खेलाडी ३० जनाको दरखास्त आह्वान गरेको छ ।
इच्छुक निवेदकहरुले सातवटै प्रदेशको प्रदेश प्रहरी कार्यलय तथा महानगरिय प्रहरी कार्यलय रानिपोखरीबाट दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यलयले जनाएको छ । दरखास्त फारम असोज १८ गतेदेखी कात्तिक २९ गतेसम्म भर्न सकिने जनाएको छ ।
हेर्नुहोस सुचना
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग