अध्यक्षद्वय देशबाहिर हुँदा माधव नेपालको ‘पावर एक्सरसाइज’

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुक बाहिर रहेका बेला नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता माधवकुमार नेपालले शक्तिको अभ्यास गरेका छन् ।

169661564MaDhav-Nepal---12khari-(1)

झन्डै १४ वर्ष पार्टी प्रमुख चलाइसकेका नेता माधव नेपालले दसैं शुरू हुनुभन्दा केहीदिन अगावै ‘चिया–भेला’को आयोजना गरेर शक्ति सङ्घर्षको शुरूआत गरेका हुन् । यद्यपि नेता नेपाल वरियताका हिसाबले तेस्रो हुन् । नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिइएको छैन ।

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्पप्लेक्समा पार्टी स्थायी कमिटीका सदस्यहरूलाई ‘मुलुक र पार्टी सङ्कटमा परेको’ ब्रिफिङ गर्दै आफू पनि ‘शक्ति’ कै रूपमा रहेको संकेत गरेका थिए ।  ‘चिया–भेला’पछि पत्रकारहरूलाई सङ्क्षिप्त जानकारी दिँदै नेता योगेश भट्टराईले स्थायी कमिटी सदस्यहरूले पार्टी स्थापित विधि, मान्यताअनुसार नचलेको गुनासो गरेको जानकारी दिए ।

“पार्टी एकतापछि विकसित भएका घटना क्रम, सरकारको काम कारवाही र पछिल्लो समय भएका निर्णय प्रक्रिया र यसमा उत्पन्न भएका असन्तुष्टि, सरकारबारेको टिका टिप्पणीबारे उहाँले स्थायी कमिटी सदस्यसँग सुझाव माग्नुभएको हो,” नेता योगेश भट्ट्राईले भने ।
पार्टी एकतापछि कार्यकर्ताको उत्साह जाग्नुपर्नेमा उत्साह सेलाउँदै गएको, पार्टीका नेताहरूको योगदानको कदर हुनुपर्ने, निर्णय प्रक्रियामा सबैको सहभागिता हुनुपर्ने लगायतका विषय सुझावका रूपमा आएको भट्टराईले जानकारी दिए ।

माधव नेपाल सिनियर नेता भएकाले सरकारको कामकारवाही प्रभावकारी बनाउन, पार्टीलाई एकतावद्ध बनाउन, नेताहरूकाबीचमा हार्दिकता कायम राख्न भूमिका खेल्न सुझाव दिएको उनको भनाइ थियो । त्यस्तै उनले सचिवालय निर्णय गर्ने थलो नभइ प्रस्ताव तयार पार्ने कमिटीमात्रै भएको धारणा स्थायी कमिटीका नेताले राखेको बताए ।

‘पार्टी कम्पनीजसरी चल्यो !’

स्रोतका अनुसार नेता नेपाल पछिल्लो समय पार्टीले गरेका निर्णय प्रति सन्तुष्ट छैनन् ।

अफ्रिकी मुलुक घाना जानुपूर्व पार्टीले कुनै पनि निर्णय नगर्ने स्थायी कमिटी बैठक बसेर निर्णय लिने समझदारी नेता नेपाल र अध्यक्ष केपी शर्मा ओलीबीच भए पनि आफू विदेशमा भएका बेला सचिवालयको बैठकले प्रदेश इन्चार्ज, अध्यक्ष सचिव तोक्ने काम गरेपछि उनी रुष्ट बन्न पुगेका हुन् ।

त्यस्तै यसअघि सचिवालयले तय गरेको मापदण्डलाई कुल्चिएर गण्डकी प्रदेशको इन्चार्जमा त्यहाँका मुख्यमन्त्रीसमेत रहेका पीएस (पृथ्वीसुब्बा) गुरूङ र प्रदेश पाँचको इन्चार्ज पनि मुख्यमन्त्री शंकर पोखरेललाई बनाएपछि नेता नेपाल असन्तुष्ट बन्न पुगेका हुन् ।
त्यही असन्तुष्टि पोख्न चिया भेलाको आयोजना गरेको स्रोत दाबी गर्छ ।

त्यसबाहेक प्रतिनिधिसभाका विषयगत समितिका सभापति चयन गर्दा पनि पार्टीको कुनै पनि फोरममा छलफल नगरिएको, स्थायी कमिटीलाई छल्दै निर्णय गर्ने, २१ असारपछि स्थायी कमिटीको बैठक नै नराखिएको विषयको असन्तुष्टिस्वरूप आफ्नो अस्तित्व देखाउन नेता नेपालले ‘शक्तिको अभ्यास’ गरेको बताइएको छ ।

नेता नेपालले विधि, पद्दति कुल्चिएर ‘दुई अध्यक्षको कम्पनी’ जसरी पार्टी चलाउन खोजिएको भन्दै आफूले सचिवालयको बैठकमा कुरा राख्ने तयारी गरेका छन् । आजको भेला त्यसैको तयारीस्वरुप भएको उनले जानकारी गराएको स्रोतले बतायो । 

झलनाथ खनालको ‘इग्नोर’

४५ सदस्सीय स्थायी कमिटीमा २० जना पूर्वमाओवादी केन्द्रबाट छन् । त्यसमध्ये प्रचण्डका हार्ड लाइनर भनिएका वर्षमान पुन अनन्त, अग्नी सापकोटाबाहेक कोही पनि भेलामा सहभागी भएनन् । जनार्दन शर्मा, शक्ति बस्नेतलगायत नेताहरू पनि अनुपस्थित रहे ।
त्यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट सदस्य पनि उपस्थित भएनन् ।

यता केपी ओलीका हार्डलाइनर मानिएका विष्णु पौडेल, कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल पनि बैठकमा उपस्थित भएनन् । संसदीय दलका उपनेता रहेका सुवास नेम्वाङ उपस्थित भएको केहीबेरमै बाहिरिए ।

जाँदाजाँदै उनले भने, “हिमाल–पहाड–तराई र सिंगो देश एकढिक्का हुनुपर्ने र पार्टी एकजुट बनाउन चिया–भेला आयोजना गरिएको हो ।”

माधव नेपालको ‘चिया–भेला’लाई चौथो वरियतामा रहेका झलनाथ खनालले पनि महत्त्व नै दिएनन् । ‘इग्नोर’ गरे । काम विशेषले धुलिखेल भएको जानकारी गराउँदै उनले “म अहिले ने क पा गुटमै छु, आवश्यक परे अर्को गुट बनाउँछु” भन्ने जवाफ दिएको स्रोत बताउँछ ।
आफू चीन भएका बेला पार्टी एकता गरेको र वरियतामासमेत तल पारिएको भन्दै उनले एकतालगत्तै माधवकुमार नेपालप्रति असन्तुष्टि राखेका थिए ।

पछिल्लो समय केपी ओलीसँग असन्तुष्ट रहेका नेता वामदेव गौतमले भने केपी ‘ओली र प्रचण्डपछि तेस्रो वरियतामा नेता नेपाल रहेको र दुवै अध्यक्ष बाहिर भएका बेला बोलाएकाले आफू उपस्थित भएको’ जवाफ दिएको स्रोत बताउँछ । प्रदेश इन्चार्ज र अध्यक्ष बाँडफाँटप्रति असन्तुष्ट रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बैठकमा उपस्थित थिए । यद्यपि शुक्रबारको भेला ‘चिया–जमघट’ भएको उनको प्रतिक्रिया थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक