खुर्शिद हत्याकाण्ड : साईलेन्सर र लेजर जडित अटोमेटिक पेस्तोलबाट ‘फायर’

 

 इटहरी । निकै ‘महत्वपूर्ण र सिक्रेट’ अपरेशनमा मात्र प्रयोग गरिने साईलेन्सर जडित पेस्तोलबाट सुनसरीका खुर्शिद आलममाथि गोली प्रहार गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।  आलमलाई साईलेन्सर (सुप्रेसेसर) र लेजर लाईट जडित सेमी अटोमेटिक पेस्तोलबाट ३ राउण्ड गोली प्रहार गरिएको थियो । गोली आलमको टाँउको र कोखामा लागेको थियो । एक राउण्ड भने ‘मिस फायर’ भएको थियो ।

नेपाल भारतको सिमामा पर्ने सुनसरीको रामनगर भुटाहमा आलमले नै संञ्चालन गर्ने रैर्यान नेशनल स्कुल नजिक घर जाने क्रममा मोटरसाईलले छेकेर गोली हानिएको थियो । स्थानिय अमिन अन्सारीले चलाएको बाईक पछाडी आलम बसेका थिए । आलम सवार बाईकलाई अगाडी र पछाडीबाट सुटर समुहको छेकेर गोली फायर गरेका थिए । गोली प्रहार गर्दा अमिनले सानो आवाजले फ्याट् फ्याट् गरेको मात्र आवाज सुने । त्यस बेलासम्म पछाडी रहेका आलम बाईकबाट ढलेर भुईमा खसिकेका थिए ।

आलम ढलेपछि मात्र अमिनलाई गोली चलेको चाल पाए । उनि भन्छन् ‘गोली चल्दा आउने आवाज भन्दा निकै कम आवाज आएको थियो’ । ‘टाँउको र कोखाबाट रगत बगेपछि मात्र म भाग्न खोजे, मलाई खुट्टामा ताकेर गोली हानियो तर मिस भयो’ । गोली पल्सर बाईक पछाडी बस्नेले हानेको उनले बताए । ‘क्याप टोली र रुमालले उनिहरुको मुख छोपिएको थियो’ । अन्सारीका अनुसार आलमलाई योजनाबद्ध रुपमा गोली प्रहार गर्न ४ जनाको समुह बाईकबाटै भारतिय क्षेत्र भागेका थिए । जसमा भारतिय नंम्बरको एउटा कालो पल्सर र एउटा अपाचे बाईक प्रयोग भएको उनले बताए ।

आलमलाई ९ एमएमको गोली हानिएको प्रहरी स्रोतले बताएको छ । तर कुन पेस्तोल प्रयोग गरिएको थियो भन्ने कुरा ‘फोरेन्सिक ल्याब’ बाट पत्ता लाग्ने बताइएको छ । घटनास्थलबाट हरिनगर गाँउपालिकाका अध्यक्ष गफार अन्सारीले पनि ९ एमएम गोलीको एक थान खोका (केसिङ) बरामद गरि अनुसन्धानमा खटिएका प्रहरीलाई बुझाएका छन् । अहिले घटनाको एसएसपी किशोर दाहाल नेतृत्वको छानबिन समिति र सिआईबीको टोलीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार आलमलाई लेजर र साईलेन्सर (सुप्रेसेसर) जडित अटोमेटिक पेस्तोलबाट फायर गरिएको पुष्टि गरे । घटनापछिका प्रत्यक्षदर्शी र घाइते प्रहरीको आधारमा सुटर समुहसँग गोलीको आवाज कम गर्ने साईलेन्सर जडित पेस्तोल भएको उनले बताएका छन् ।

साईलेन्सर गोलीको आवाजलाई कम गराउने आधुनिक प्रबिधि हो । नेपालमा यसको प्रयोग सेनाले कमै मात्रमा प्रयोग गर्छ । यसको प्रयोग बिशेष (इनडोर) अपरेशनमा ल्याईन्छ, जसले गर्दा  ‘सुटआउट’ भए दुस्मनले गोली चलेको चाल नै पाउदैनन्।  ति प्रहरी अधिकृत भन्छन् ‘आलम रगतम्य भएर ढलेपछि मात्र स्थानियहरुले थाहा पाएका हुन’ । ‘अन्य पेस्तोल भन्दा साईलेन्सर जडित पेस्तोलको आवाज धेरै कम हुन्छ । घाइते प्रहरीलाई पनि सोही पेस्तोलले गोली हानिएको थियो’ । घटना पछि सुटर समुहलाई छेक्ने क्रममा पनि केही राउण्ड हवाई फायर गरिएको प्रत्यक्षदर्शीको भनाई छ ।

‘गोली हान्ने समुह शतप्रतिशत प्रोफेसनल हुन, उनिहरुले बाईक चलाउदा एकअर्काेलाई ब्यालेन्समा राख्न कम्मरमा बेल्ट समेत प्रयोग गरेका थिए’ । अनुसन्धान क्षेत्रमा अब्बल ति प्रहरी अधिकृतले भने ‘उनिहरुले प्रयोग गरेको बेल्ट र बाईकको संरचना अचंम्मको छ’ ।  ‘भुटाहदेखी सिमासम्म कच्ची र खाल्डा खुल्डी बाटो छ । बाईक चलाउदा यस्तो ठाँउमा असजिलो हुन्छ, त्यस कारण बाईकमा सबार दुवैजनालाई ब्यालेन्समा राख्न उनिहरुले एकअर्काेलाई बेल्टले बाधेका हुन’ । साथै उनिहरुले प्रयोग गरेको बाईक समेत ‘मोडिफाई’ गरिएको प्रत्यक्षदर्शीको आधारमा खुलेको छ ।

सुटर समुहले त्यस्तो कच्ची र खाल्डा खुल्डीमा पनि सहज रुपमा बाईक चलाएर भागेका थिए । भुटाहाबाट गोली हानेर भागेका सुटरहरुलाई बसन्तपुरका वडाध्यक्ष अताबुल मियाले बुलेट मोटरसाईकलबाट हल्ला गर्दै पछ्याउँदा समेत उनले भेटन सकेनन् । गोली हानिएको ठाँउदेखि सिमा कट्न उनिहरुलाई करिब ३० मिनेट समय लागेको स्थानिय रैमन मियाँको अनुमान छ । ९ किलोमिटरको दुरुमा नेपाल भारतको सिमा कटेर उनिहरु सहजै फरार भएको उनले बताए ।

अचुक निशाना

५१ बर्षिय खुर्शिद आलमलाई हानिएको गोलीको आधारमा पनि सुटरले उनलाई मार्ने हिसाबले नै गोली चलाएको प्रहरीको भनाई छ । ‘पहिलो गोली आलमको टाँउकोमा हानिएको छ, त्यसपछि कोखामा’ । टाँउको र कोखामा हानिएको गोलीले मान्छेको मृत्यु प्राय निश्चित हुन्छ । तेस्रो गोली आलम सबार बाईक चालक अमिनलाई भाग्नबाट रोक्न खुट्टामा हानिएको हुन सक्छ अनुसन्धान गरिरहेका ति प्रहरी अधिकृतले भने ।
लेजर जडित पेस्तोल भएका कारण पनि गोली सहि नाशानामा लागेको देखिन्छ । ‘हामीले एक घरको सिसिटिभी क्यामेरामा कैद भएको फुटेज लिएका छौ, त्यसमा पनि उनिहरु भाग्दै गर्दा पछाडी बस्नेको हातमा दुईवटा साईलेन्सर र लेजर जडित पेस्तोल देखिएको छ’ ।

घाइते बनाउने हिसाबले प्रहरीलाई गोली प्रहार

रामनगर भुटाह चौकीका प्रहरी जवान शिवलाल पौडेलमाथि भारतिय सुटर समुहले हानिएको गोली घाईते बनाउन कै लागि हानिएको हुनसक्ने अनुसन्धानमा खटिएका प्रहरी अधिकृतको अनुमान छ । आलमलाई गोली हानिएको सुचना पाउन साथ चौकीमा भएको थ्रिनटथ्रि राइफल लिएर बाहिर बाटोमा निस्कनसाथ सुटर र पौडेल बिच जम्काभेट भएको थियो ।  तर उनले आफुसँग भएको राईफलबाट गोली चलाउन नपाउदै बाईक पछाडी रहेका एक सुटरले उनको कम्मर र तिग्रामा दुई गोली हानेका थिए । बर्दीमा रहेका ति प्रहरी जवानलाई मार्ने भन्दा पनि घाइते बनाउने हिसाबले गोली हानिएको हुन सक्छ ति प्रहरीले भने । ‘सुटरले चाहेको भए आलम जस्तो ति प्रहरी जवानलाई छाती या टाँउकोमा गोली हान्न सक्थे तर उनिहरुले त्यो गरेनन्, सायद घाइते बनाएर भाग्ने रणनिति हुनसक्छ’ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

वैदेशिक रोजगार विभागले शुरु गर्यो निःशुल्क कानुनी सहायताको व्यवस्था

 फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।