प्रधानमन्त्री ओली–अमेरिकी राष्ट्रपति ट्रम्प भेट हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेटवार्ता गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागी हुने क्रममा ओलीले अमेरिकाको न्यूयोर्कमा अमेरिकी राष्ट्रपतिसँग संक्षिप्त भेटवार्ता गर्ने भएका हुन् ।

2057794946oli

सोमबार (असोज ८ गते) राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुग्ने सबै विदेशी राष्ट्रप्रमुख तथा सरकारप्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपति ट्रम्पले रात्रि भोजको आयोजना गर्नेछन् । सोही रात्रिभोजमा सहभागी हुनेक्रममा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच संक्षिप्त भेटवार्ता हुने तय भएको छ । भेटवार्तापछि प्रधानमन्त्री ओली र राष्ट्रपति ट्रम्प दम्पतीबीच सामूहिक तस्बिर लिने कार्यक्रम छ । भेट बढीमा दुई मिनेटको हुने परराष्ट्र स्रोतले जनाएको छ ।

“असोज ८ गते साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी श्रीमतीद्वारा आयोजना गरिने रात्रि भोजमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी श्रीमती राधिका शाक्य सहभागी हुनुहुनेछ,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रसंघको महासभाका बेला अमेरिकी राष्ट्रपतिले न्यूयोर्कमा आयोजना गर्ने रात्रिभोजमा अमेरिकासँग सम्बन्ध बिग्रेका र तानाशाहहरुलाई निम्तो दिइँदैन । तत्कालिन राजा ज्ञानेन्द्रले उक्त भोजमा सहभागी हुने निमन्त्रणा अमेरिकी राष्ट्रपतिबाट नपाएपछि राष्ट्रसंघको महासभा सहभागी हुने आफ्नो कार्यक्रम नै रद्द गरेका थिए । 

प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा सहभागी हुने क्रममा न्यूयोर्कमा उनले स्वीट्जरल्याण्डका राष्ट्रपति एलियन बेरसेट र कम्बोडियाका प्रधानमन्त्री समदेचसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली करिब दुई दर्जन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना