September 20, 2018

बिप्लबलाई करोडौं बुझाए तर राज्यलाई कर तिरेनन यिनीहरूले !

काठमाडौं, असोज ४,   ठूला करदाता जस्ले  राज्यलाई  कर तिरेेेनन तर बिप्लब माओवादीलाई  करोडौं बुझाए ।विप्लव समूहका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड) पक्राउ परेलगत्तै फेला परेको एउटा डायरीमा थोरै विवरण उल्लेख भए पनि भर्खरै हात लागेको अर्को टिपोटमा विप्लवका मुख्य मुख्य आर्थिक सहयोगीहरुको नाम आएको छ । यो लिस्ट अनुसार सबैभन्दा बढी एकैपटकमा एक करोड बुझाउने क्यसीनो रोयलका संचालक सुरेन्द्र सिंह छन् । उनी पहिला माओवादी मजदुर युनियन क्यासिनो साङ्रेलाको अध्यक्ष थिए त्याहा धेरै भ्रष्टाचार गरेको र महिला माथि दुव्र्यवहार गरेको आरोपमा कालोमोसो र जुत्ताको माला लगाएर उन्लाई मजदुरले खेदेका थिए । एउटा बिदेशी  लगानीकर्ता र सुरेन्द्र भएर राजा ज्ञानेन्द्रका ज्वाइँ राज बहादुरसङ  होटेल याक एन्ड यतीमा रहेको क्यासिनो साङ्रेला रू पाँच करोडमा किने ।

त्यो क्यासिनो हाता पारेपछी सर्बोच्चबाट इसटेअडर ल्याउने करोडौं होटेलको भाडा नतिर्ने, मजदुरको पारीश्रमिक पहिलाको भन्दा आधा मात्र दिने, १० करोड भन्दा बढी राज्यलाई तिर्नुपर्ने राजस्व नतिर्ने  ब्याक्ती हुन , हाल उनले त्यो क्यासिनो २० करोडमा एक बिदेशीलाई बेचेर भैरहवामा चार तारे होटेल र क्यासिनो , बिरगंजमा मिनी क्यासिनो लगाएत सन्चालन गर्दै छन् ।

सरकारी वकिलसँग रहेको डायरीमा उल्लेख भएअनुसार बिप्लब माओवादीलाई रकम दिने व्यावसायिहरु:

अमर रायमाझीले ५ लाख 
राजेश खड्काको जेम्स स्कुलले २० लाख 
काठमाडौं मेडिकल कलेजले १५ लाख 
प्रसादी एकेडेमीले १० लाख 
गीता रानाको ग्यालेक्सी स्कुलले १५ लाख 
पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ५ लाख 
नाइटिंगेल स्कुलले ५ लाख 
हेलि एभरेष्टले १० लाख 
निर्माण व्यवसायी जयराम लामिछानेले १० लाख 
सेभेन समिट टुर्स एण्ड ट्राभल्सले ५ लाख 
औषधि माफिया विशाल पण्डितले ५ लाख 
सुरेन्द्रबहादुर सिंहले १ करोड 
ग्लोबल (बैंक वा समूह नखुलेको)ले  २० लाख 
नोबेल मेडिकल कलेजले १५ लाख 
रामबहादुर धितालले १ लाख 
क्यासिनो किङ किशोर सिलवालले १ करोड 
युनाइटेड इन्स्योरेन्सका रविभक्त श्रेष्ठले २५ लाख 
म्यानपावर व्यवसायी रघु पुरीले १५ लाख 
सुरेन्द्र अधिकारीले १० लाख 
शिवम् सिमेन्टले १५ लाख 
मारुती सिमेन्टले ५ लाख 
अनिल अग्रवालले ५ लाख 
सोनापुर सिमेन्टले ३ लाख घोराही सिमेन्टले ५ लाख 
एलबी ग्रुपले ३ लाख 
गोल्छा अर्गनाइजेशनले ३ लाख 
बुटवल पावर कम्पनी लिमिटेडले १ लाख 
ऋद्धिसिद्धि ज्वेलर्सले १ लाख 
सुवास श्रेष्ठले १ लाख 
निष्टका माधव बरालले ५ लाख 
डाक्टर कनौडियाले १ लाख 
सिर्जना राणाले १ लाख 
रामेश्वर अर्यालले १ लाख 
अपर तामाकोशीका विज्ञान श्रेष्ठले ५० हजार 
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सञ्जिवविक्रम राणाले ३ लाख दिएका छन् ।

यो समाचार थाहा पाएपछि गृहमन्त्री 

 रामबहादुर थापाले सुरक्षा अधिकारीको बीचमा अचम्मित हुदै यस्तो टिप्पणी गरेका छन्, ‘न्यायाधीशको घरमा बम नपड्किएसम्म उनीहरुसँग चन्दा नमागिएसम्म विप्लव समूहलाई श्रीमानहरुले राजनीतिका नाममा जति ध्वंसात्मक क्रियाकलाप गरे पनि छुट दिने र मानव अधिकारवादीले पनि रेस्क्यु गरिरहने खतरा देखियो ।’ (प्रसङ्ग गृहमन्त्री अपराधी समाउने अदालत छोडनु भन्ने आदेश दिने संग सम्बन्धित )

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि