
उनीहरु १ लाख रुपैयाँ पाउने आशामा १ चोटी होईन, दैनिक दशौँ पटक रिचार्ज गर्न पछि पर्दैनन् । यसको मतलब यो हो की, उनीहरुलाई एनसेलले कसरी ठगि रहेको छ भन्ने कुरा पत्तै पाउँदैनन् ।एनसेलले यस्तो स्किम ल्याएको पहिलो हप्ता नै साँढे ८४ करोडको हाराहारीमा कमाएको देखिन्छ । पहिलो हप्ताको स्किमभित्र ८४ लाख ५२ हजार २ सय १९ जना सेवाग्राहीले रिचार्ज गरेको एनसेलका एक अधिकारीले बताए ।यसबाट एनसेलले ८४ करोड ५२ लाख २१ हजार ९ सय रुपैयाँ अशुली गरेको देखिन्छ । १ अर्बको हाराहारीमा रकम अशुली गरेको एनसेलले ग्राहकहरुलाई भने १० लाख रुपैयाँ पुरस्कारको रुपमा दिनु कूनै नौलो कुरा भयो र ?यो हिसाबमा एनसेलले पहिलो हप्तामा नै ८४ करोड ४२ लाख २१ हजार ९ सय रुपैयाँ ब्रम्हलुट गर्न सफल भएका छन् । ‘यसरी उपहार योजनाको नाममा अर्बौं रुपैयाँ ठग्नु कर्पोरेट अपराध हो,’ एक अधिवक्ता भन्छन्,‘एनसेललाई कर्पोरेट क्राइम अन्तगर्त मुद्दा चलाउनुपर्छ ।’
१० हप्तासम्म कत्ति कमाउँछ ?
पहिलो हप्तामा नै साढे ८४ करोड कमाएको एनसेलले १० हप्ताभित्र साढे ८ अर्ब रुपैयाँ ग्राहकबाट अशुली गर्ने देखिन्छ । ग्राहकको संख्यामा अझै बढोत्तरी हुने भएसँगै कारोबार अझै बढ्ने र यसको रुपैयाँ अझै धेरै हुने सजिलै आँकलन गर्न सकिन्छ ।एनसेलको नयाँ स्किम अनुसार २ करोड ग्राहकमध्येबाट १० महिनामा अरबौँ हैन खरबौँ रुपैयाँ उठाईनेछ र ग्राहकलाई जम्मा १ करोडको ललीपप देखाइनेछ । हुन त राज्यलाई नै ६१ अर्ब भन्दा धेरै लाभांश कर नतिरेर राज्य माथि नै लूट मच्चाइरहेको एनसेलबाट नागरिक लुटिनुको के अर्थ होला र ?
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र
काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु
२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी