१ लाखको लोभ देखाएर, एनसेल यसरी लुट्दैछ अर्बौं !

 काठमाडौं, ३० भदौ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एक्जिएटाको नेपाल स्थित रहेको एनसेलले गत हप्तादेखि एउटा नयाँ उपहार योजना सार्वजनिक गरेको छ ।१० हप्तासम्मको लागि ल्याईएको यो ‘स्किममा १ हप्ताभित्र १०० रुपैयाँ भन्दा बढि रिचार्ज गर्ने ग्राहकमध्येबाट १० जनाले १.१ लाखको दरले पाउनेछन् । १ सय रुपैयाँ रिचार्ज गर्दा १ लाख रुपैयाँ प्रलोभनमा सामान्य सेवाग्राही नफस्ने त कुरै भएन ।

उनीहरु १ लाख रुपैयाँ पाउने आशामा १ चोटी होईन, दैनिक दशौँ पटक रिचार्ज गर्न पछि पर्दैनन् । यसको मतलब यो हो की, उनीहरुलाई एनसेलले कसरी ठगि रहेको छ भन्ने कुरा पत्तै पाउँदैनन् ।एनसेलले यस्तो स्किम ल्याएको पहिलो हप्ता नै साँढे ८४ करोडको हाराहारीमा कमाएको देखिन्छ । पहिलो हप्ताको स्किमभित्र ८४ लाख ५२ हजार २ सय १९ जना सेवाग्राहीले रिचार्ज गरेको एनसेलका एक अधिकारीले बताए ।यसबाट एनसेलले ८४ करोड ५२ लाख २१ हजार ९ सय रुपैयाँ अशुली गरेको देखिन्छ । १ अर्बको हाराहारीमा रकम अशुली गरेको एनसेलले ग्राहकहरुलाई भने १० लाख रुपैयाँ पुरस्कारको रुपमा दिनु कूनै नौलो कुरा भयो र ?यो हिसाबमा एनसेलले पहिलो हप्तामा नै ८४ करोड ४२ लाख २१ हजार ९ सय रुपैयाँ ब्रम्हलुट गर्न सफल भएका छन् । ‘यसरी उपहार योजनाको नाममा अर्बौं रुपैयाँ ठग्नु कर्पोरेट अपराध हो,’ एक अधिवक्ता भन्छन्,‘एनसेललाई कर्पोरेट क्राइम अन्तगर्त मुद्दा चलाउनुपर्छ ।’

१० हप्तासम्म कत्ति कमाउँछ ?

पहिलो हप्तामा नै साढे ८४ करोड कमाएको एनसेलले १० हप्ताभित्र साढे ८ अर्ब रुपैयाँ ग्राहकबाट अशुली गर्ने देखिन्छ । ग्राहकको संख्यामा अझै बढोत्तरी हुने भएसँगै कारोबार अझै बढ्ने र यसको रुपैयाँ अझै धेरै हुने सजिलै आँकलन गर्न सकिन्छ ।एनसेलको नयाँ स्किम अनुसार २ करोड ग्राहकमध्येबाट १० महिनामा अरबौँ हैन खरबौँ रुपैयाँ उठाईनेछ र ग्राहकलाई जम्मा १ करोडको ललीपप देखाइनेछ । हुन त राज्यलाई नै ६१ अर्ब भन्दा धेरै लाभांश कर नतिरेर राज्य माथि नै लूट मच्चाइरहेको एनसेलबाट नागरिक लुटिनुको के अर्थ होला र ?

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र