कञ्चनपुर, ३० भदौ । हत्याराले प्रमाण बाँकी नछाड्ने जतिसुकै प्रयत्न गरे पनि केही प्रमाण छोडेकै हुन्छ। निर्मलाको साइकल खोलामा फालिएको थियो । साइकल पानीमा डुबेकाले फिंगर प्रिन्ट मेटाउने अपराधीको योजना देखिन्छ । तर अपराधी कापीकिताब नष्ट गर्न भने चुक्यो ।साउन १० गते रातभरि मुसलधारे पानी परेको थियो। पूरै कापीकिताब पानीले गल्नुपर्थ्यो । तर कापीकिताब नभिजेको अवस्थामा पाइएका थिए। अपराधीले शव, साइकल योजनाबद्ध ढंगले फाले पनि कापीकिताब र अम्बा फाल्न बिर्सेको देखिन्छ।प्रहरीलाई नभिजेका ती कापीकिताबबाट फिंगर प्रिन्ट लिएर अपराधीसम्म पुग्न सक्ने सहज बाटो थियो । तर प्रहरीले निर्मलाका कापीकिताबबाट फिंगर प्रिन्ट लिएन। कञ्चनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले पहिलो अनुसन्धान टोलीले कापीकिताबबाट फिंगर प्रिन्ट संकलन नगरेको बताए।‘घटनास्थलको मुचुल्कामा कापीकिताबमा भएको फिंगर प्रिन्टको कुनै नमुना उल्लेख छैन’, उनले भने। खोलावारि रहेका कापीकिताब कुकुरलाई सुँघाएर प्रहरीले दोषी पत्ता लगाउन सक्थ्यो तर त्यसो पनि भएन। करिब ५५ किलोमिटर दूरीमा रहेको धनगढीमै तालिम प्राप्त कुकुर छन् । अपराधीले भुलवश छाडेको एकमात्र प्रमाण कापीकिताबाट फिंगर प्रिन्ट नलिनु र कुकुर प्रयोग नगरिनुको कारण के हो?
यस विषयलाई लिएर अनुसन्धानमा खटिएका एसपी डिल्ली बिष्टको टोली र सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वको टोलीमाथि प्रश्न उब्जेको छ । ‘कुकुरलाई किताबकापी सुँघाएर दोषी पत्ता लगाउन सक्ने भए पनि कुकुर प्रयोग गरिएन’, निर्मलाका बाबु यज्ञराज पन्त भन्छन्, ‘प्रहरीले कुकुर प्रयोग गरिदिएको भए त्यति बेलै अपराधी पत्ता लागिसक्थ्यो ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्