कञ्चनपुर, ३० भदौ । हत्याराले प्रमाण बाँकी नछाड्ने जतिसुकै प्रयत्न गरे पनि केही प्रमाण छोडेकै हुन्छ। निर्मलाको साइकल खोलामा फालिएको थियो । साइकल पानीमा डुबेकाले फिंगर प्रिन्ट मेटाउने अपराधीको योजना देखिन्छ । तर अपराधी कापीकिताब नष्ट गर्न भने चुक्यो ।साउन १० गते रातभरि मुसलधारे पानी परेको थियो। पूरै कापीकिताब पानीले गल्नुपर्थ्यो । तर कापीकिताब नभिजेको अवस्थामा पाइएका थिए। अपराधीले शव, साइकल योजनाबद्ध ढंगले फाले पनि कापीकिताब र अम्बा फाल्न बिर्सेको देखिन्छ।प्रहरीलाई नभिजेका ती कापीकिताबबाट फिंगर प्रिन्ट लिएर अपराधीसम्म पुग्न सक्ने सहज बाटो थियो । तर प्रहरीले निर्मलाका कापीकिताबबाट फिंगर प्रिन्ट लिएन। कञ्चनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले पहिलो अनुसन्धान टोलीले कापीकिताबबाट फिंगर प्रिन्ट संकलन नगरेको बताए।‘घटनास्थलको मुचुल्कामा कापीकिताबमा भएको फिंगर प्रिन्टको कुनै नमुना उल्लेख छैन’, उनले भने। खोलावारि रहेका कापीकिताब कुकुरलाई सुँघाएर प्रहरीले दोषी पत्ता लगाउन सक्थ्यो तर त्यसो पनि भएन। करिब ५५ किलोमिटर दूरीमा रहेको धनगढीमै तालिम प्राप्त कुकुर छन् । अपराधीले भुलवश छाडेको एकमात्र प्रमाण कापीकिताबाट फिंगर प्रिन्ट नलिनु र कुकुर प्रयोग नगरिनुको कारण के हो?
यस विषयलाई लिएर अनुसन्धानमा खटिएका एसपी डिल्ली बिष्टको टोली र सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वको टोलीमाथि प्रश्न उब्जेको छ । ‘कुकुरलाई किताबकापी सुँघाएर दोषी पत्ता लगाउन सक्ने भए पनि कुकुर प्रयोग गरिएन’, निर्मलाका बाबु यज्ञराज पन्त भन्छन्, ‘प्रहरीले कुकुर प्रयोग गरिदिएको भए त्यति बेलै अपराधी पत्ता लागिसक्थ्यो ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका