मुख्यमन्त्रीको प्रश्न प्रधानमन्त्रीलाई- यसोभन्दा कसरी मोर्चाबन्दी हुन्छ ?

 

पर्वत, २६ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय सरकारसँग अधिकार माग्नका लागि मुख्यमन्त्रीहरु एकजुट भएको बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपाल पर्वतले सोमबार जिल्लामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । उनले भने, ‘पोखरामा हालै भएको ७ वटै प्रदेशका मुख्यमन्त्रीको भेला सङ्घीय सरकारविरुद्ध मोर्चाबन्दी गर्न नभई अधिकारको खोजीका लागि भएको हो ।’

मुख्यमन्त्री गुरुङले भेला भएर अधिकारको खोजी गर्दा त्यसलाई मोर्चाबन्दी भएको भन्नु उपयुक्त नहुने धारणा राखे । उनले प्रदेश सकारका लागि आवश्यक कानून, कर्मचारीलगायतका विषय सङ्घीय सरकारले अहिलेसम्म दिन नसकेका कारण हामीलाई काम गर्न कठिनाइ भएको बताए ।

‘प्रदेशलाई दिनुपर्ने अधिकार र संरचनाहरु छिटो देउ, काम गर्ने वातावरण बनाउनुपर्‍यो भन्दा कसरी मोर्चाबन्दी हुन्छ’, उनको प्रश्न थियो, ‘आवश्यक कर्मचारी र संरचनाको अभावमा प्रदेश सरकारले काम गर्न नसकेको र यस कार्यमा सङ्घीय सरकार अनुदार बनिदिदाँ समस्या झन जटिल बनेको गएको छ ।’

मुख्यमन्त्री गुरुङले प्रदेशका लागि आवश्यक कर्मचारी पठाउने, आर्थिक स्रोतको बाँडफाँट गर्ने र प्रदेशका लागि अधिकार प्रत्यायोजन गर्ने सङ्घीय कानून संशोधनमा ढिलाइ गरेर सङ्घीय सरकार अनुदार बनेको धारणा व्यक्त गरे ।

प्रदेश सरकारले काम गर्न थालेको पाँच महिना मात्रै भएकाले अहिले नै परिणाम खोज्नु अनुचित भएको उल्लेख गर्दै उहाँले स्रोतसाधन परिचालन गरेर अधिकतम आम्दानी गर्दा सङ्घीयता बलियो हुने धारणा राखे ।

मुख्यमन्त्री गुरुङले करको हाउगुजी धेरै बढेकाले लिनै पर्ने शीर्षकमा मात्र कर सङ्कलन गर्न स्थानीय तहलाई आग्रह पनि गरे । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक