सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा मिश्र अनुमोदित

 

काठमाडौं, भदौ २५ । प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र अनुमोदित भएका छन् । २०७५ भदौ २५ गते सोमबार बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले मिश्रको नाम अनुमोदन गरेको हो ।मिश्रले उनीविरुद्ध परेका उजुरीको जवाफ र कार्ययोजना प्रस्तुत गरेपछि समितिले उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

योसँगै ६ महिनादेखि नेतृत्वविहीन सर्वोच्च अदालतले नेतृत्व पाउने मार्गप्रशस्त भएको छ । गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च नेतृत्वविहीन रहँदै आएको छ । कायममुकायमको भरमा चलिरहेको छ  ।संसद्को कार्यसञ्चालन नियमावली नबन्दा प्रधानन्यायाधीश नियुक्त अवरुद्ध बनेको थियो । नियमावली बनेपछि बसेको संवैधानिक परिषद्को बैठकले कायममुकामय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफरिस गरेको थियो । तर नेपालको इतिहासमै संसदीय सुनुवाइबाट उनी अस्वीकृत भए ।

जोशी अस्वीकृतपछि परिषद्ले उनीपछिको वरीयतामा रहेका मिश्रलाई प्रधानन्यायाधीश बन्न सिफारिस गरेको थियो । जोशीको नाम अस्वीकृत गरेको समितिले मिश्रको नाम भने अनुमोदन गरेको छ ।अब राष्ट्रपतिले प्रधानन्यायाधीशमा अनुमोदित मिश्रको नाम स्वीकृत गरेपछि उनले पद तथा गोपनीयताको शपथ लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना