सरकारका कुनै मन्त्री अहिले परिवर्तन हुँदैनन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका मन्त्रीहरुले राम्रो काम गरिरहेको बताउँदै अहिले कोही पनि मन्त्री परिवर्तन नहुने बताएका छन् । जिल्ला समन्वय समिति महासंघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

344460692KP-OLI

“सबै मन्त्रीहरुले राम्रो काम गरिरहेका छन् । मन्त्रीमण्डल आजै परिवर्तन हुँदैछ, भोलि नै परिवर्तन हुँदैछ भन्ने हल्लाहरु हुन्,” प्रधानमन्त्री ओलीले भने, “मन्त्रीमण्डल अहिले परिवर्तन हुँदैन ।” प्रधानमन्त्री ओलीले नेपालले अब चीनसँग आवश्यक हुने नाका प्रयोग गर्न सक्ने बताए ।

“नेपाल चीन प्रोटोकल सहमतिमा टुंगिएको छ,” प्रधानमन्त्री ओलीले भने, “अब नेपालले चाहिने जति नाका,चाहिने जति सडक प्रयोग गर्न पाउने भयो । यो असाधारण खुसीको कुरा हो ।” प्रधानमन्त्री ओलीले राजनीतिक अधिकारको लडाईं सकिएकोले अब विकास र समृद्धिको यात्रामा सबै एकतावद्ध भएर लाग्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले सरकार नयाँ संकल्पका साथ अघि बढेको पनि स्पष्ट पारे । “मुलुकलाई विखण्डनतर्फ लैजाने प्रयास भएका छन् । मुलुकमा वितण्डा मच्चाउन खोजिएको छ,” प्रधानमन्त्री ओलीले भने, “हामीले विविधताका बीचमा उत्तिकै समानता खोज्नुपर्दछ । गलत तत्वहरुको चलखेललाई रोक्नुपर्दछ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक