भारतीय पक्षबाट सुस्तामा पुनः विवाद सिर्जना

नवलपरासी, १० भदौ (रासस) : सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ ।विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो । विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको थियो ।

 

यद्यपि पछिल्लो पटक सुस्ताको विवादित भूमिमा भारतीय पक्षबाट सडक बिस्तार गर्न खोजिएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले जानकारी दिए  । खाँका अनुसार भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा नेपाली पक्षले उक्त कार्य रोक्न खोजेपछि सुस्ता आउने सडक सञ्जालमा खाल्टो खनेर भारतीय पक्षले दुःख दिन थालेका छन् ।

सुस्ता पुग्नका लागि सहज रुपमा भारतीय भूमि हँुदै सुस्ता पुग्नुपर्ने बाध्यता छ । नेपाली भूमि हुँदै सुस्ता जान नारायणी नदीमा डुङ्गाको प्रयोग गर्नुपर्ने हुँदा वर्षाभर जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ । यद्यपि भारतीय भूमि हुँदै सुस्ता पुग्न निकै सहज मानिन्छ । यतिबेला भारतीय पक्षले सो सडक सञ्जालमा खाल्टो खनेपछि सुस्तावासीलाई भारतीय भूमि हुँदै नेपालतर्फ आउने र भारतीय भूमिहुँदै सुस्ता जानसमेत निकै समस्या छ ।

भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा पछिल्लो पटक सुस्तावासीलाई समस्या भएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए  । पटक पटक सुस्ताको भूमिको विषयलाई लिएर नेपाल र भारतीय पक्षबीच विवाद सिर्जना भएपछि २०६४ सालमा तत्कालीन रुपमा दुवै पक्षका उच्च अधिकारीहरुबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट सडक बिस्तार, खेती गर्ने लगायतका काम दुवै पक्षबाट नगर्ने सहमति भएको थियो । यद्यपि अहिले भारतीय पक्षले भारतीय सुरक्षाकर्मीको आडमा भारतीयहरुले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा भारतीय पक्षबाट सहमति उल्लघन गर्न खोजिएको संविधानसभाका पूर्वसदस्य देवकरण कलवारले जानकारी दिए । सङ्घीय संरचनाअनुसार सुस्ता गाउँ वर्तमान अवस्थामा प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अन्तर्गत वडा न ५ मा पर्दछ ।

यसबारे स्थानीय रुपमा तत्काल दुवै देशका सुरक्षाकर्मीहरुको सहजीकरणमा विवाद समस्या समाधान गर्न पहल गर्न लागिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए  । भारतीय भूमि हुँदै नेपाल आउन भारतीय पक्षले सडक सञ्जालमा खाल्टो खनेपछि यातायातका सवारी साधन चल्ल सकेको छैन । वर्षामा नारायणी नदीमा डुङ्गाको प्रयोग गर्दा जोखिम पूर्ण यात्रा गर्न सुस्तावासी बाध्य छन् । सुस्ता गाउँमा करीव दुई हजार पाँच सय जनङ्सख्या छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र