भाद्र १३ गतेदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने !

 

काठमाडौँ, भदौ १० ।सरकारले भदौ १४ र १५ मा नेपालमा हुने बिमस्टेकको चौथो शिखर सम्मेलनलाई सहज बनाउन उपत्यकाका सबै सवारी साधनमा १३, १४ र १५ गते जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय गरेको छ ।

आगामी बुधबार र शुक्रबार काठमाडौं उपत्यकामा विजोर नम्बरका सवारी मात्र गुडाउन पाइनेछ भने शनिबार जोर नम्बरमा गुडाउन पाइनेछ ।

१३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक विजोर अर्थात १,३,५,७ र ९ भएका सवारी साधनहरू सञ्चालन गर्न पाइनेछ ।

१४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक विजोर अर्थात ०,२,४,६ र ८ भएका सवारी साधनहरू सञ्चालन गर्न पाइनेछ ।

बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) सम्मेलनका पाहुनाहरुको आगमन व्यवस्थापनलाई मध्यनजर गर्दै जाम न्युन पार्न सरकारले जोर–बिजोर नम्बरमा सवारीसाधन चलाउने भएको हो ।

बिमस्टेकका सदस्य राष्ट्रका विशिष्ट पाहुनाको आवागमनलाई सहज बनाउन सरकारले काठमाडौंमा भदौ १३ देखि १५ सम्म जोर–बिजोर नम्बरमा सवारीसाधन चलाउने योजना बनाएको हो ।

जोर बिजोर नम्बर छनोट गर्दा अहिले सडकमा गुडिरहेका भन्दा आधा सवारी साधन कम हुनेछन् जसले काठमाडौँको अध्यधिक सवारीचाप घटाउन सहज बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना