निर्मला हत्या प्रकरणः कञ्चनपुरमा विरोध चर्कियो !

कञ्चनपुरमा बुधबार पनि बिहानैदेखि विरोध प्रदर्शन चर्किएको छ । मंगलबारदेखि बजार बन्द गरेर प्रदर्शन गरिरहेका स्थानीय बासिन्दाले बुधबार पनि विरोध प्रदर्शन जारी राखेका छन् ।

images_cms-image-000054665

वास्तविक हत्यारा बाहिर ल्याउन नसकेको भन्दै आन्दोलित बनेका कञ्चनपुर भीमदत्तनगरका स्थानीयमाथि बुधबार पनि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले नक्करी हत्यारा सार्वजनिक गरेर वास्तविक हत्यारालाई जोगाउन खोजेको भन्दै मंगलबारदेखि प्रदर्शनमा उत्रिएका स्थानियमाथि प्रहरीले बुधबार पनि अश्रुग्यास प्रहार गरेको हो ।

महेन्द्रनगगर बजारमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले प्रहरीको गाडी तोडफोड गरेपछि उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले बुधबार पनि अश्रुग्यास प्रहार गरेको हो । स्थानीयले महेन्द्रनगरमा टेलिकम कार्यालय नजिकै रहेको प्रहरी बिट समेत जलाइदिएका छन् ।

प्रदर्शनकारीले हानेको ढुंगा लागेर प्रहरीको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

स्थानीयवासीले भने मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई बलात्कारपछि हत्या गरेको अभियोगमा सार्वजनिक गरेर प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप लगाएका थिए ।

यसै क्रममा उनीहरुले मंगलबार बजार नै बन्द गरेका थिए । मंगलबार पनि स्थिति नियन्त्रण गर्न नसक्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

उनीहरुले आफूहरुको आन्दोलनमा हवाई फायर गर्ने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक