निर्मला हत्या प्रकरणः कञ्चनपुरमा विरोध चर्कियो !

कञ्चनपुरमा बुधबार पनि बिहानैदेखि विरोध प्रदर्शन चर्किएको छ । मंगलबारदेखि बजार बन्द गरेर प्रदर्शन गरिरहेका स्थानीय बासिन्दाले बुधबार पनि विरोध प्रदर्शन जारी राखेका छन् ।

images_cms-image-000054665

वास्तविक हत्यारा बाहिर ल्याउन नसकेको भन्दै आन्दोलित बनेका कञ्चनपुर भीमदत्तनगरका स्थानीयमाथि बुधबार पनि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले नक्करी हत्यारा सार्वजनिक गरेर वास्तविक हत्यारालाई जोगाउन खोजेको भन्दै मंगलबारदेखि प्रदर्शनमा उत्रिएका स्थानियमाथि प्रहरीले बुधबार पनि अश्रुग्यास प्रहार गरेको हो ।

महेन्द्रनगगर बजारमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले प्रहरीको गाडी तोडफोड गरेपछि उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले बुधबार पनि अश्रुग्यास प्रहार गरेको हो । स्थानीयले महेन्द्रनगरमा टेलिकम कार्यालय नजिकै रहेको प्रहरी बिट समेत जलाइदिएका छन् ।

प्रदर्शनकारीले हानेको ढुंगा लागेर प्रहरीको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

स्थानीयवासीले भने मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई बलात्कारपछि हत्या गरेको अभियोगमा सार्वजनिक गरेर प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप लगाएका थिए ।

यसै क्रममा उनीहरुले मंगलबार बजार नै बन्द गरेका थिए । मंगलबार पनि स्थिति नियन्त्रण गर्न नसक्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

उनीहरुले आफूहरुको आन्दोलनमा हवाई फायर गर्ने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र