August 22, 2018

सामाजिक सञ्जालमार्फत् भ्रम फैलाएको भन्दै पक्राउ

काठमाडौँ, ६ भदौ । महानगरीय अपराध महाशाखाले प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले फेसबुकमार्फत प्रधानमन्त्रीलाई लक्षित गरी समाजमा भ्रमपूर्ण र नकारात्मक अफवाह फैलाउने कार्यमा संलग्न भक्तपुर सूर्यविनायकका ४४ वर्षीय होमनाथ सिक्देललाई आज दिउँसो बबहरमहलबाट पक्राउ गरेको हो ।

महाशाखाले पक्राउ परेकासँग थप अनुसन्धान गरिरहेको छ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने व्यक्तिलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न व्यक्तिलाई एक लाखसम्म जरिवना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र