प्रधान न्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक सुरू भएको छ ।

त्यसअघि दुवै पक्ष आन्तरिक छलफलमा व्यस्त थिए । यसअघि बसेका बैठकले निर्णय गर्न नसकेपछि बैठक आजका लागि बोलाइएको हो । आजको बैठकबाटै उनको नाम अस्वीकृत गर्ने तयारीमा नेकपा रहेको छ । जसलाई फोरम नेपालका एक सांसदले समर्थन गरेमा सहजै जोशीको नाम अस्वीकृत हुन सक्छ । सत्तापक्षले जोशीलाई अस्वीकृत गर्ने थप प्रमाणहरु जुटाएको एक सांसदले जानकारी दिए ।
उनको शैक्षिक प्रमाणपत्र सबैभन्दा बढि विवादमा परेको छ । त्यसबाहेक उनलाई न्यायाधीशमा सिफारिस गर्दा नै आएका तथ्य लगायतका प्रमाण पनि नेकपाका सांसदले जुटाएका छन् । फोरम नेपालका राजेन्द्र श्रेष्ठले नेकपाको प्रस्तावमा समर्थन जनाए उनी स्वतः अस्वीकृत हुनेछन् । नेकपाले सकेसम्म सहमति कायम गर्ने प्रयास गरेको छ । त्यसैले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग पनि यसअघि कुराकानी भएको थियो ।
तर कांग्रेसले अस्वीकृत गर्न नहुने र प्रमाणपत्र छानबिनका लागि विशेष समिति बनाउनुपर्ने प्रस्ताव अघि सारेको छ । जबरजस्ती गरिए बहिस्कार गर्ने चेतावनी कांग्रेसले दिएको छ । यसअघिको बैठकमा पनि समितिले जोशीको नाम अनुमोदन गर्न सकेन ।
सोमबार बसेको समितिको बैठकमा कांग्रेस नेताहरुले छलफलका लागि समय माग गरेपछि बैठक दुईदिन पर सारिएको समितिका सदस्य तथा नेकपाका सांसद योगेश भट्टराईले जानकारी दिए ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा