काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेका छन् । काठमाडौँ महानगरको दुरावस्था देखेर दिक्क भएका प्रधानमन्त्री ओलीले प्रतिपक्षीको पनि बचन सहनु परेकाले मेयरको काम देखेर दिक्क भएका हुन् ।
मेयर शाक्यलाई समग्र काठमाडौँको विकासमा केन्द्रीत हुन र नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन् । मेयर शाक्यलाई काठमाडौँमा भएको प्रगति विवरण पेश गर्न पनि निर्देशन दिएका थिए । लगातारमा विवादमा तानिदैं आएका मेयर शाक्य काठमाडौँ नगरवासीले पनि असक्षम घोषणा गर्दै आएका छन् ।
महानगरको काम राम्रो गर्न नसक्दा सिंगो सरकारको बद्नामी हुन लागेको भन्दै ओलीले शाक्यलाई देखिने गरी काम गर्न निर्देशन दिएका छन् । ओलीले शाक्यलाई प्रधानमन्त्री निवास वालुवाटरमै बोलाएर एक वर्षमा काठमाडौं महानगरपालिकाले गरेको कामको विवरण मागेका थिए ।
सडकको दूरावस्था र धुँवाधूलो नियन्त्रण गर्नेतर्फ परिणामुखी काम हुन नसकेकोमा प्रधानमन्त्री असन्तुष्ट छन् । शाक्यका कामप्रति असन्तुष्टि जनाउँदै सुधारका साथ अघि बढ्न ओलीले निर्देशन दिएका छन् ।
शाक्यले भने काम गर्न खोज्दा विभिन्न ठाउँबाट अवरोध आइरहेको र नभएका कामको मात्र प्रचार हुने गरेको स्पष्टिकरण दिएका छन् । केन्द्र सरकार र प्रदेश सरकारले गर्नुपर्ने काम नभएको दोष पनि आफूले बोक्नु परेको मेयर शाक्यको गुनासो छ ।
शाक्यले आफ्नो विरोध र आलोचना काठमाडौँका स्थानीय वासिन्दाभन्दा पनि बाहिरबाट आएर बसेकाहरुले सामाजिक सञ्जालबाट गर्ने गरको बताउँदै आएका छन् ।
महानगरको जिम्मेवारीमा नपर्ने राष्ट्रिय सडकहरुको दूरावस्थाको जिम्मेवार पनि आफूलाई देखाउने गरिएको गुनासो शाक्यको छ । सडकको धूलो सफा गर्न दुई वटा बुमर ल्याइइएको उनले बताए ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने