July 24, 2018

दशैंमा केवलकार चढेरै कालिञ्चोक दर्शन

 

  श्रावण ८ मंगलबार,

बालकृष्ण शिवाकोटी
 

काठमाडौं। नेपालकै प्रख्यात शक्तिपिठ मध्येकै एक दोलखाको कालिञ्चोकमा आगामी दशैं अगाडी नै केवलकार सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। बर्खाको समयमा समेत काम गरेर आगामी दशैं अगाडी नै केवलकार सञ्चालनमा ल्याउने योजना रहेको कालिञ्चोक केवलकार कम्पनीले जनाएको छ। केवलकार सञ्चालनकै सेरोफेरोमा रहेर कम्पनीका एक जना सञ्चालक बालकृष्ण शिवाकोटीसँग भएको  कुराकानीको सम्पादित अंशः

प्रश्नः तपाईहरुले निर्माण गर्न लागेको केवलकार कामको प्रगति विवरण के छ?
जवाफः
 हामी केवलकार निर्माणको अन्तिम चरणमा पुगेका छौं । कालिञ्चोक भगवति मन्दिर जान सजिलो होस् भन्ने उद्येश्यले केवलकार निर्माण गर्न लागिएको हो। त्यहाँसम्म जाने बाटो राम्रो बन्यो भने,  नेपालबट आन्तरिक र भारतबाट गरि कालिन्चोक भगवतिको दर्शन गर्न बार्षिक तीन लाखको संख्यामा जान्छन् भन्ने हाम्रो अनुमान रहेको छ।

प्रश्नः तपाईहरुले दर्शनार्थीहरुको तथ्याङक् बारेमा त्यस्तो केही सर्वेक्षण छ कि?
जवाफः
 शुरुको वर्ष निर्माण गर्नुभन्दा अगाडी लाइसेन्स लिने अवस्थामा हामीले सर्वेक्षण गर्दा करिब १ लाख देखि सवा लाख मान्छेहरु गएका थिए। एक वर्ष हामीले मान्छे राखेर गणना गर्यौं। नयाँ वर्षको दिनमा १० हजार भन्दा बढी मान्छेहरु त्यहाँ मन्दिरको दर्शन गर्न र हेर्नको लागि गएका थिए। शनिबार र शुक्रबार पाँच सय देखि १ हजार मान्छेहरु सधैं जान्छन्। त्यो सबै आँकडा हेर्दाखेरी बार्षिक एक देखि सवा एक लाखसम्म जाने गरेको पाइयो। अब बाटो राम्रो भयो भने, काठमाडौंबाट चार घण्टामा हामी कालिन्चोक भगवतिस्थान पुग्न सक्छौं। विहान गएर बेलुका फर्किन सकिने ठाउँ पनि भएको हुनाले कालिञ्चोक काठमाडौंबासीकी रोजाइमा पर्छ। त्यहाँ सहकारीहरुको, बैंकहरुको, एनजीओ, आइजीओको कार्यक्रम गर्नका लागि पनि धेरै मान्छेहरु गइरहेका छन्। राम्रो बाटो भयो भने कुल तीन लाख सम्म मान्छे केवलकार सञ्चालन गरेकै वर्ष जान्छन् भन्ने हाम्रो अनुमान रहेको छ।

प्रश्नः केवलकार बनाउन लागेको खर्च फिर्ता हुन कति समय लाग्ला?
जवाफः 
सबै निर्माणको काम सकिदा ५० करोड रुपैयाँ सम्म लागत लाग्छ। त्यसको प्रतिफल हामीले ६ देखि सात वर्षसम्ममा फिर्ता हुने हाम्रो अनुमान गरेका छौं। किनभने त्यो देख्दाखेरी छोटो दूरीको भएपनि ३४ सय मिटरमा रहेको स्टेशनबाट सुरु भए लगभग ३९ सय मिटरको हाराहारिमा रहेको माथिल्लो भागमा पुग्नुपर्छ। १ किलोमिटरमा ५ सय मिटर उचाईको फरक छ। त्यसले गर्दाखेरी त्यहाँ मान्छेलाई चढ्नका लागि एकदमै समस्या हुन्छ। यसो हेर्दाखेरी नजिकै जस्तो देखिन्छ । तर, सास फेर्ने लगायतका अरु समस्या हुने भएको कारणले प्रत्येक मान्छे चढ्छन् भन्ने हाम्रो अनुमान छ।

प्रश्नः अहिलेको पाँच सात वर्षमा सबै खर्च धानेर लगानीकर्तालाई नाफा वितरण गर्ने स्तरमा पुग्छ?
जवाफः
 हामीले सात वर्षभित्र सबैको लगानी फिर्ता गर्न सक्छौं,  त्यसपछाडीको आयको सबैले आम्दानी पाउने कुरा हुन्छ। त्यसका दुईटा फाइदा रहेका छन्। एउटा त दोलखा जिल्ला पर्यटनका कारणले भरिपूर्ण जिल्ला पनि हो। पर्यटनका क्षेत्रमा यो केवलकार हुन सक्यो भने, यसले अरु चीजलाई पनि प्रभाव पार्छ भन्ने हामीले सोचेका छौं। त्यसैगरी केही मान्छेहरुलाई रोजगारी सिर्जना हुन्छ । अहिले पनि केवलकार बन्न लागेपछाडी, कुरिका होटलहरुले राम्रो आम्दानी गरिराखेका छन्। कुरीका होटेलहरुसँग सोध्नु भयो भने, उनीहरुको व्यवसाय शुक्रबार र शनिबार सबै होटेलले एक लाखदेखि डेढ लाख रुपैयाँसम्म कमाई रहेका छन्। तर, त्यो सधैंभरि हुन्छ भन्ने छैन। हप्तैपच्छिे, दिनै पिच्छे छैन। शुक्रबार र शनिबार तपाईहरुले गएर बुझ्न सक्नु हुन्छ। त्यति धेरै मान्छेहरु त्यहाँ कुरिमा गएर बस्छन्। कुनै चाडपर्वको बेला हो भने त त्यहाँ बस्ने व्यवस्था नपुगेर बाटामा टेन्ट गाडेर सुतेका समेत भेटिन्छन् ।

राम्रो होटेलहरु अझै पनि पुग्न सकेका छैनन् । अब केवलकार बनिसक्दा मलाई लाग्छ, अहिले रहेका पचासदेखि ६० को संख्यामा होटेलहरुमा अझ दश बीसओटा राम्रो स्तरका होटलेहरु थपिन्छन। यसो हुँदा दोलखाका मान्छेले रोजगारी पाउँछन्। त्यहाँ उत्पादन भएका वस्तुहरुले बजार पाउँछ। यसले आम दोलखालीलाई केही हदसम्म आयवृद्धि गर्नका निम्ती सघाउ पुग्छ भन्ने लाग्छ।

प्रश्नः यसको अर्थ केवलकारको काम सुरु भइसकेपछि पूर्वाधारको क्षेत्रमा निकै नै काम भएको हो?
जवाफः
 निकै काम भएको छ। बाटोको कुरा पनि भो। त्यस्तै हस्पिटालिटी इन्डस्ट्रीजको क्षेत्रमा त धेरै नै भएको छ। पहिला सामान्य खालका होटेलहरु हुन्थे। मान्छे बस्न पनि त्यति धेरै रुचाउँदैन्थे। सफा थिएनन्, विभिन्न कारणहरु थिए। अहिले हेर्नुस् पुरै इलामका जस्ता घरहरु बनिरहेका छन्। अनि सेवा र सुविधा उनीहरुले सक्ने मात्रामा जे सक्छन्, त्यो किसिमको दिएकै छन्। होटेलको स्तरोन्नति निकै भएको छ। तर, अझै पनि भनेजस्तो, सेवा दिन सक्ने होटेल पुगिसकेका छैनन्।

No automatic alt text available.

प्रश्नः केवलकार कहिले देखि सञ्चालनमा आउँछ ?
जवाफः
 आगामी दशैं अघि नै सञ्चालनमा ल्याउनका लागि द्रुतगतिमा निर्माणको काम गरिरहेका छौं । पानी परेको समयमा समेत एकदमै काम गरिरहेका छौं। सबै हिसावले दशैंसम्म सञ्चालन गर्ने भनेर  लागिरहेका छौं। सबै चीजले साथ दियो भने  दशैंका बेलासम्म सञ्चालनमा ल्याउन लागि हामी सक्षम हुन्छौ। हामी यो दशैमा केवलकार चढाएर भगवतीको दर्शन गर्न दर्शनार्थीलाई लैजाने गरि काम गरिरहेका छौं।

प्रश्नः यदि कुनै कारणले दशैंमा बनेन भने कति समयपछि सञ्चालनमा आउला रु
जवाफः
 त्यस्तो नहोला ।

प्रश्नः स्थानीयहरुले पनि केवलकारमा लगानी गरेका छन् कि ?
जवाफः
 सुरुमा नै हामीले एउटा कम्पनी बनाउँदै यसलाई प्राली नबनाएर पव्लिक लिमिटेड बनाएका छौं। जो दोलखामा जन्मिनु भएको छ, उनीहरुलाई पैसा हाल्नका लागि धेरै चोटी आह्वान गर्‍यौं। केही मान्छेले हाल्नु भयो। कतिलाई त बन्छ कि बन्दैन भन्ने पनि लाग्यो होला। कसैलाई बनेपछि पैसा फिर्ता हुन्छ कि हुँदैन भन्ने पनि भयो होला। कुनै पनि व्यावसाय भने जस्तो सहज छैन। भनिन्छ एउटा कुरा, त्यो अनुसार नहुन पनि सक्छ। तर हामीलाई विश्वास गरेर धेरै दोलखालीले पैसा हाल्नु भएको छ। अहिले पनि दोलखाका मान्छेले पैसा हाल्छु भन्दाखेरि  हामीले खुला नै राखेका छौं। अरुलाई नभएपनि दोलखाका स्थानीय मान्छेलाई चाँहि दिनु पर्छ भन्ने हाम्रो मान्यता छ।

प्रश्नः अहिले दोलखालीले पैसा हाल्न चाहे भने, कसरी हाल्न सक्छन् ?
जवाफः
 हामीले एउटा शेयर एक जना व्यक्ति वा समुहले कम्तीमा १० लाख रुपैयाँ बराबरको हालेर शेयर सदस्य हुन सक्छ। कसैले १० लाख हाल्न चाह्यो भने दुई जना तीन जना मिलेर हाल्दा पनि हुन्छ। जसरी, कालिन्चोक कुरीकै आठ दश जना मिलेर एउटा निश्चित रकम हाल्नु भएको छ, उहाँहरुले। व्यक्तिको नाममा वा कम्पनीको नाममा सेयर किन्नुस् त्यो पनि भनेका छौं। हामीले दोलखालाई चाँहि बन्चित गरेका छैनौं। स्वामित्व लिने कुरामा दोलखालीलाई अहिले पनि अवसर छ। हामीले त्यो दोलखालीकै हो भनेर चिनाउनका निम्ती पनि हामीले त्यो गरेका छौं। एक जना बराबर १० लाख हालिदिउन भन्ने हो। अब हुँदै भएन भने त ५ लाख हाल्दा पनि भयो। १० लाख हालिदियो भने, हामीलाई सहज हुन्छ, भन्ने हो। अहिलेसम्म लगभग ६० जनाले लगानी गरेका छन् ।

प्रश्नः केवलकार चढ्न कस्ता कस्ता मान्छे आउँछन् भन्ने आपेक्षा छ?
जवाफः
 हामीले केवलकार त सबै किसिमका मान्छेहरुले चढछन् भन्ने सोचेका छौं। अन्य केवलकार भन्दा हाम्रो चाँहि अलिकति फरक रहेको छ। दुईटा कुराले फरक रहेको छ। अन्य केवलकार भएको ठाउँमा काँही मन्दिर मात्रै छ। भगवानलाई दर्शन गर्नका लागि मात्रै जान्छन्। काँही प्राकृतिक सौन्दर्यका लागि मात्रै जान्छन्। तर, हाम्रो चाँहि दुइटै छ। कालिन्चोक एक त प्रचलित भगवतिको मन्दिर भएको ठाउँ हो। दोस्रो कुरा त्यहाँ असाध्यै सुन्दर प्रकृती भएको हुनाले पर्यटकीय स्थल पनि हो। त्यसैले बुढाबुढी जसले धर्मप्रति आस्था गर्छन्, ती मान्छे पनि जान्छन्,  जो केटाकेटी र युवायुवती छन् ती रमाइलो गर्नका निम्ती पनि जान्छन् । त्यसो भएको हुनाले सबै किसिमका मानिसहरुका निम्ती कालिञ्चोक गन्तव्यस्थल हो।

प्रश्नः एक जनाले केवलकार चढ्नका लागि कति रकम तिर्नुपर्छ ?
जवाफः
 हामीले जान र आउनुको निम्ती अनुमानित ४ सय देखि ५ रुपैयाँले पुग्छ होला भन्ने सोचेका छौं। त्यो सबैका लागि एउटै हुँदैन । त्यहाँका स्थानीयका लागि एउटा रेट हुन्छ । जेष्ठ नागरिक र विद्यार्थीको लागि केही फरक गर्ने सोचेका छौ। सकेसम्म हामीले त्यस्तो धेरै खर्चिलो नबनाउने भनेका छौं। सकेसम्म धेरै मान्छेले चढ्न पाउन् भन्ने हिसावले सकेसम्म सस्तो बनाउने हाम्रो सोच छ। तर, व्यवसाय भएको हुनाले दुइटै कुरालाई सँगसँगै लिएर जान आवश्यक हुन्छ।

प्रश्नः केवलकार लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित व्यक्तिको हिसावले पर्यटनको सम्भावना कस्तो देख्नु भएको छ ?
जवाफः
 नेपालमा पर्यटनको सम्भावना एकदमै राम्रो रहेको छ। नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो। त्यसैले गर्दा पर्यटनको सम्भावना प्रसस्त छ। पर्यटनको विकास गर्नका निमित्त पूर्वाधारहरु सबै तयार भयो भने  देशको विकास हुन्छ।  मान्छेले पनि रोजगार पाउँछन। स्वरोजगारी पनि बढ्छन्। मान्छेको आयस्तर पनि वृद्धि हुन्छ। मलाई त व्यक्तिगत रुपमा, नेपाल कृषि प्रधान देश भन्दा पनि पर्यटनको देश हो भन्ने लाग्छ।

हाम्रा कुरा डटकमबाट साभार 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘संसद विघटन नगरेको भए प्रचण्डले एमाले कब्जा गर्थे, हामीसँग अरु धेरै सूचना थिए’:विष्णु रिमाल

पुस ५ को कदम प्रतिगामी थियो भनेर एमालेमै बस्न मिल्दैन, पार्टीमा फरक मत छैन  २०७८

अब शेरबहादुर देउवाको पनि ओलीको जस्तै हालत हुन्छ : चित्रबहादुर केसी

    ५ पुष २०७८, सोमबार  । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी नेपाली जनताले

‘विवेकशील साझा सेलिब्रेटीको लहडमा निर्माण भएको पार्टी हैन’

केशव दाहाल- नेता, विवेकशील साझा पार्टी २०७८ भदौ २,राजनीतिको नयाँ बाटो बनाउन हिंडेका अभियन्ताहरू पछिल्लो

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमाडौं,पुस २९, नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन

अराजनीतिक आरोपपत्र निःशर्त फिर्ता भए विवाद सकिन्छ : नेता रिमाल

काठमाडौँ, ७ मङ्सिर: लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि

“कालिञ्चोक केबुलकार बिकासको आधार”:अशोक सिवाकोटी

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र कालिञ्चोकमा, कालिञ्चोक दर्शन लिमिटेडले केबुलकार सञ्चालन गर्दैछ । व्यवसायीक