खोलामा बाढी, धान रोप्ने खेत सुख्खा !

Bajho-Khetइनरुवा । सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका कृषक जसलाल यादवलाई धान रोपाइँ गर्ने सिजन शुरु भए पनि नहर र धान रोप्ने खेतमा पानीको अभाव हुँदा कसरी धन रोपाइँ गर्ने भन्ने चिन्ताले सताएको छ । 

जिल्लाको विभिन्न नदी खोलामा बाढी आएको भए पनि धान रोपाइँ गर्ने खेतमा पानीको अभाव हुँदा उनलाई धान रोपाइँ गर्ने समस्याले सताएको हो । जसलाल यादव सुनसरीका लागि उदाहरणका पात्र मात्र छन् । उनी जस्तै जिल्लाको दर्जनौँ किसानको समस्या एउटै छ । 

असार बित्न लागेको भए पनि जिल्लाका विभिन्न ठाउँमा रहेका नहरमा पानी नदिएको कारणले धान रोपाइँ गर्न समस्या भएको कृषकको भनाइ छ । जिल्लाको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी, देवानगञ्ज गाउ, हरिनगरसहितका आधा दर्जन गाउँपालिकामा धान रोपाइँ गर्न समस्या भएको स्थानीय सीताराम यादवले बताए। 

जिल्लाका नदीखोलामा केही दिनयता बाढी आएको भए पनि धेरै किसानलाई धान रोपाइँ गर्न समस्या भएको गुनासो कृषकको छ । जिल्लामा ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको दाबी गरे पनि नहर मर्मत नभएको, मर्मत भए पनि पानी नपुगेको र केही ठाउँमा नहर नै बगेकाले धान रोपाइँ गर्न समस्या भएको स्थानीय किसान वीरेन्द्र मेहताले बताए । जिल्लामा ५३ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । 

समयमा धान रोपाइँ गर्ने खेतमा पानी नभएका कारण अब विकल्पका रुपमा भूमिगत पम्पसेट ९बोरिङ० लगाएर भए पनि धान रोपाइँ गर्ने सोचमा कृषक रहेका छन् । एकातर्फ जन मजदूरको अभाव, अर्कोतर्फ मलको अभावको सामना गर्दै आएका कृषकले रोपाइँको समयमा धान रोप्ने खेतमा पानी नहुँदा झन तनाव बढेको बताएका छन् । 

धान रोपाइँ गर्ने बेलामा नहर भएको ठाउँमा समयमै पानी छोड्नका लागि कृषकले माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना