आज देशभर बदली हुने तथा ३ दिन अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागले एक सूचना जारी गर्दै ३ दिन देशभरको मौसम बदली हुने अनुमान गरेको हो ।
महाशाखाका अनुसार, देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरुमा भने आज भारी वर्षाको सम्भावना छ ।
रातिको समयमा पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । पूर्व र पश्चिमका केही स्थानहरुमा भने भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले भोलि दिउँसो सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने अनुमान गरेको छ । आजजस्तै देशका पूर्व र पश्चिम क्षेत्रका केही स्थानमा भोलि पनि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
असार २७ गते (बुधवार) दिउँसो सामान्य बदली हुने महाशाखाको अनुमान छ । मध्य तथा पश्चिम क्षेत्रका केही स्थानहरुमा भने भारी वर्षा हुने प्रक्षेपण महाशाखाले गरेको छ ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र