सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ । पार्टीको अध्यक्ष मण्डलको आइतबार बसेको बैठकले संविधान संशोधन गर्न प्रधानमन्त्री केपी ओलीलाई नै भेटेर दबाब दिने निर्णय गरेको हो ।
संविधान संशोधन गर्ने कि नगर्ने भनेर सरकारको ठोस धारणा माग गर्न भोली प्रधानमन्त्री ओलीसँग भेट गर्ने निर्णय गरिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा टुंगोमा पुग्न पनि संविधान संशोधन गर्ने विषयमा सरकारको ठोस धारणा माग गर्नुपर्ने अवस्था आएको पनि स्पष्ट पारे ।
बैठकले संसद र संसदीय गतिविधिलाई समिक्षा गर्न सोमबार सिंहदरबारमा साढे ११ बजे पार्टी संसदीय दलको बैठक पनि बोलाउने निर्णय गरेको छ । त्यसैगरी पार्टीको भातृ संगठनहरुको नामाकरण गर्ने निर्णय पनि गरिएको नेता यादवले जानकारी दिए ।
राष्ट्रिय जनता पार्टी, नेपालले जिल्लाहरुमा पार्टीको कामलाई प्रभावकारी बनाउन सबै जिल्ला अध्यक्षहरुलाई सोमबारभित्र लिखित निर्देशन दिने निर्णय पनि गरेको छ । जिल्लाका पार्टी संगठनहरुको रिक्त पद समेत पूर्ति गर्नेगरी पार्टीको कामलाई प्रभावकारी बनाउन जिल्ला अध्यक्षहरुलाई लिखित निर्देशन दिने निर्णय गरिएको पार्टीका नेता यादवले बताए ।
शनिबार सम्पन्न राष्ट्रिय जनता पार्टी, नेपालको राजनीतिक समितिको बैठकले संविधान संशोधन गर्ने सहमति कार्यान्वयनका लागि सरकारलाई दवाव दिन नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएको थियो । पार्टीले संविधान संशोधन नगरी सरकारमा नजाने अडान पनि राख्दै आएको छ ।
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक