आन्दोलन छाडेर सरकारी कर्मचारीको मर्यादामा बस्न डा. गोविन्द केसीलाई प्रधानमन्त्रीको चेतावनी !

प्रधानमन्त्री केपी ओलीले वरिष्ठ डा. गोविन्द केसीलाई राजनीति गर्ने भए राजीनामा दिएर पार्टी प्रवेश गर्न चुनौती दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश २ का नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुसित शनिबार विकास निर्माणबारे छलफल गर्दै प्रम ओलीले केसीमाथि कांग्रेसको आडमा अनशन बसी राजनीति गरिरहेको आरोप लगाउँदै पार्टी प्रवेश गर्न चुनौति दिएका हुन् ।

छलफल गर्दै उनले कुनै व्यक्तिलाई अगाडि सारेर मुद्दा बनाइएको भरमा त्यसलाई स्वीकार्न नसकिने बताए ।

प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी आमरण अनशनरत डा. गोविन्द केसीलाई आन्दोलन छाडेर सरकारी कर्मचारीको मर्यादामा बस्न चेतावनी समेत दिएका छन् ।

उनले डा.केसी जनताको करबाट तलब खाने सरकारी प्राध्यापक भएकाले मर्यादामा बस्नुपर्ने बताए ।

केसीले माग राख्दैमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिनेसमेत ओलीले बताएको छलफलमा सहभागी एक सांसदले जनाए ।

साथै छलफलमा प्रम ओलीले उपत्यकाका माइतीघर मण्डललगायत ठाउँमा जारी गरिएको निषेधाज्ञा पनि नहट्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना