मनसुन सक्रिय हुँदै, देशभर वर्षा हुने

मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तीन दिनको मौसम पूर्वानुमानको अवस्थाबारे महाशाखाले विज्ञप्ति निकालेर आजदेखि तीन दिनसम्म पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना औंल्याएको हो । मध्य र आसपासका केही स्थानमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । 

मनसुनी न्यूनचापीय रेखा विस्तारै नेपाल नजिक आएकाले देशैभर वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । 

उनका अनुसार अझै एक÷दुई दिन पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम खालको र केही खास (पकेट) क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता अउनाउनुपर्ने देखिएको छ । मनसुनी रेखा नेपालको नजिक (पूर्वी आकास हुँदै पश्चिमतर्फ फैलिएको अवस्थामा) रहेको र यो तल भरेपछि भारतका विभिन्न क्षेत्रमा बढी वर्षा हुने मौसमविद् कँडेलको भनाइ छ । 

यस वर्षको मनसुन यही असार १४ गतेदेखि देशैभरि फैलिएको महाशाखाले जनाएको थियो । गत जेठ २५ (जुन ८) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको महाशाखाले घोषणा गरेको थियो । मनसुन घोषणा भएको लामो समय वितिसक्दा पनि पूर्ण रूपमा सक्रिय हुन नसक्दा पर्याप्त वर्षा हुनसकेको थिएन । मनसुनी वर्षाको गतिविधि बढेकाले दुई दिनयता काठमाडौँ उपत्यकासहित देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँमा चार मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी ओखलढुंगामा २४ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा आठ, जुम्लामा आठ र वीरेन्द्रनगरमा तीन मिलिमिटर वर्षा भएको छ । 

बदली र वर्षाले उपत्यकाको तापक्रम दुई दिनको तुलनामा तीन डिग्री घटेर आज अधितकतम तापक्रम २७ मा झरेको छ भने न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ । यसअघि तीन दिनसम्म उपत्यकाको ३० देखि ३१ डिग्रीको हाराहारीमा अधिततम तापक्रम पुगेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक