मध्यपुरथिमि नगरपालिकाले यो आर्थिक वर्षलाई ‘बजेट कार्यान्वयन विशेष वर्ष’ को रुपमा मनाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
हाम्रो कला, हाम्रो संस्कृति मध्यपुरथिमि हाम्रो सम्पत्ति भन्ने नाराका साथ कला, सम्पदाको संरक्षणमा नगरपालिकाले विशेष योजना ल्याएको छ ।
नगरपालिकाले कला, संस्कृतिलाई एकीकृत गरी निर्धारित क्षेत्रमा जीवित र सांस्कृतिक संग्रहालय निर्माण गर्ने तथा होमस्टेसमेत प्रवद्र्धन गर्ने भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।
यसैगरी नगर क्षेत्रको वृहत एकीकृत गुरुयोजना, खानेपानी, नगर सडक र ढल निकास सञ्जाल, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माण, साँस्कृतिक एवं सम्पदायुक्त बस्तीको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको पनि उनले बताए ।
नगरपालिकाको प्रशासनिक तथा वडा कार्यालय भवन निर्माण र नगर क्षेत्रका पाँचवटा स्थानमा बहुसाँस्कृतिक एवं ऐतिहासिक प्रवेशद्वार निर्माणका लागि बजेट विनियोजन गरिएको छ । निर्माण हुने सम्पूर्ण भवन संरचना अपांग र बालमैत्री हुने सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
बस्ती विकासका लागि जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने तथा भइरहेको एकीकरणको स्वामित्व नगरपालिकाले लिँदै व्यवस्थित गर्न आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइने नीति नगरपालिकाले लिएको छ ।
नगरपालिकाले नक्सा पास प्रक्रियालाई सहज, सरल, वैज्ञानिक र पारदर्शी बनाउन आगामी साउन १ गतेदेखि विद्युतीय भवन आचारसंहिता लागू गर्ने, नगरपालिकाको स्वीकृतिबिना कुनै पनि संचरना बनाए भत्काइने नीतिलाई कडाइका साथ लागू गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्ने लक्ष्य लिएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिए ।
नीति तथा कार्यक्रममा खानेपानीलाई सुधार गर्ने, नगर क्षेत्रमा खानेपानीका लागि ८ इन्चको पाइप बिछ्याउने, फोहोरलाई व्यवस्थित गरिने, मनोहरा र हनुमन्ते नदीलाई ‘सफा नदी सभ्य सहर’ कार्यक्रमबाट सफा गर्दै हरियाली बनाउने, सबै वडामा ढलको व्यवस्थापन गर्ने उल्लेख छ ।
नगरपालिकाले आर्थिक विकासका लागि राजश्व सुधार कार्ययोजना अघि सारेको बताउँदै प्रशासकीय अधिकृत ज्ञवालीले मध्यपुर उज्यालो कार्यक्रमलाई प्रभावकारी बनाउने र महत्वपूर्ण स्थानमा सिसी क्यामरा जडान गरिने छ भने ।
नगरपालिकाका प्रत्येक वडामा एक वडा एक स्वास्थ्य संस्था स्थापना गर्ने, शिक्षामा गुणस्तरियता र पहुँचमा समानता गरी विभेद्कारी शिक्षाको अन्त्य गर्ने, छात्रवृत्तिलाई प्रभावकारी बनाउने, स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद भन्ने नाराका साथ खेलकूदको विकास गर्नेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ । रासस
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ