June 17, 2018

यी हुन् आजका मन्त्रीपरिषद बैठकका निर्णय

काठमाडौँ, असार, ३ ।  सरकारले नेपालमा सञ्चालित चिनियाँ सहयोगका कार्यक्रम तथा परियोजनाहरुको कार्यान्वयन सहजीकरणका लागि दुई देशका अधिकारीहरु सम्मिलित संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणको पूर्वसन्ध्यामा सरकारले दुइदेशीय संयन्त्र बनाउने प्रस्ताव गरेको हो ।

मन्त्रीपरिषद्को आज बसेको बैठकले संयन्त्र सम्बन्धी समझदारी पत्रको तयारीका लागि परराष्ट्र मन्त्रालयलाई जिम्मा लगाएको छ ।

बैठकले खानेपानी संस्थानका बोर्ड सदस्यको संख्या १९ बाट घटाएर १० जना कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सूचना प्रविधि तथा सार्वजनिक सेवा प्रसारणसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र वीरगन्जको दरबन्दी स्वीकृत गर्ने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राजस्व अनुसन्धान विभागहरुको संगठन संरचना स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र