सरकारले मुलुकका सातै प्रदेशमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को कार्यालय राख्ने तयारी गरेको छ।
प्राविधिक शिक्षामा सबै वर्गको पहुँच पुर्याउन प्रदेशस्तरमा पनि कार्यालय सञ्चालन गर्ने तयारी गरिएको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै प्रदेशमा कार्यालय स्थापना गर्ने निर्णय गर्दै संभाव्यता अध्ययन, नीतिगत र कानूनी व्यवस्थाबारे छलफल अघि बढाउन मातहतका निकायलाई निर्देशन पनि दिएका छन्।
प्राविधिक शिक्षाले रोजगारीको सिर्जना गरी देशलाई सम्वृद्धिको बाटोमा लैजान सहयोग गर्ने विश्वासका साथ प्रदेशबाट पनि सिटिइभिटीका सेवा सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ।
सिटिइभिटीले पनि अधिकार सम्पन्न प्रादेशिक कार्यालय सञ्चालन गरी प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी गरेको थियो।
प्रदेशमा नमूना बहुप्राविधिक शिक्षालय सञ्चालन गरी परिषद्ले गर्ने सबै कार्यक्रम त्यहीबाट सञ्चालन गर्न सकिने बताएको छ। संघीयता अनुसार अरु निकायको ढाँचा तयार भए पनि सिटिइभिटीको संघीय स्वरूप तयार भएको थिएन।
अहिले सिटिइभिटीको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा छ। यसका क्षेत्रीय कार्यालय चितवनको भरतपुर, सुनसरीको इटहरी र बाँकेको कोहलपुरमा छ।
सिटीइभिटी अन्तरगत राष्ट्रिय सीप परीक्षण समिति, परीक्षा नियन्त्रक कार्यालय तथा प्राविधिक प्रशिक्षण प्रतिष्ठान छ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका