सातै प्रदेशमा सिटिइभिटीको कार्यालय खोल्ने सरकारको तयारी

सरकारले मुलुकका सातै प्रदेशमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को कार्यालय राख्ने तयारी गरेको छ।

प्राविधिक शिक्षामा सबै वर्गको पहुँच पुर्‍याउन प्रदेशस्तरमा पनि कार्यालय सञ्चालन गर्ने तयारी गरिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै प्रदेशमा कार्यालय स्थापना गर्ने निर्णय गर्दै संभाव्यता अध्ययन, नीतिगत र कानूनी व्यवस्थाबारे छलफल अघि बढाउन मातहतका निकायलाई निर्देशन पनि दिएका छन्।

प्राविधिक शिक्षाले रोजगारीको सिर्जना गरी देशलाई सम्वृद्धिको बाटोमा लैजान सहयोग गर्ने विश्वासका साथ प्रदेशबाट पनि सिटिइभिटीका सेवा सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ।

सिटिइभिटीले पनि अधिकार सम्पन्न प्रादेशिक कार्यालय सञ्चालन गरी प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी गरेको थियो।

प्रदेशमा नमूना बहुप्राविधिक शिक्षालय सञ्चालन गरी परिषद्ले गर्ने सबै कार्यक्रम त्यहीबाट सञ्चालन गर्न सकिने बताएको छ। संघीयता अनुसार अरु निकायको ढाँचा तयार भए पनि सिटिइभिटीको संघीय स्वरूप तयार भएको थिएन।

अहिले सिटिइभिटीको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा छ। यसका क्षेत्रीय कार्यालय चितवनको भरतपुर, सुनसरीको इटहरी र बाँकेको कोहलपुरमा छ।

सिटीइभिटी अन्तरगत राष्ट्रिय सीप परीक्षण समिति, परीक्षा नियन्त्रक कार्यालय तथा प्राविधिक प्रशिक्षण प्रतिष्ठान छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्