सरकार सामाजिक फाँसीवादको बाटोमाः सिपी गजुरेल

नेकपा क्रान्तिकारी माओवादीले सरकार कम्युनिष्ट एकताका नाममा सामाजिक फाँसीवादको बाटोमा अघि बढेको आरोप लगाएको छ।

माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा(देजमो) ले आज राजधानीमा पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा नेताहरुले सरकार निरंकुश ढंगले अघि बढेको भन्दै वाक् स्वतन्त्रतामा अंकुश लगाउन खोजिएको दावी गरेका हुन्।

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले केपी ओली नेतृत्वको सरकारसँग स्पष्ट बहुमत भएपनि दुई तिहाई बहुमत पु-याउन मरिहत्ते गर्नु निर्वाचित निरंकुशता लाद्ने प्रयास भएको बताए। उनले धर्ना जुलुश गर्न ठाउँ निश्चित गर्ने, मजदुरहरुलाई हड्ताल गर्न निषेध गर्ने, जुलुश गर्न प्रतिवन्ध लगाउने जस्ता कुराले सरकारको स्वेच्छाचारी कदम तर्फ ईंगित गरेको दावी गरे।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा सरकारले विरोधको स्वर सुन्नै नचाहेर निरंकुशता प्रदर्शन गरेको बताए। गजुरेलले भारतमा समेत मोदीलाई कालो झण्डा देखाईने गरेको चर्चा गर्दै प्रश्न गरे, ‘मोदी आउँदा सडकमा विरोधको स्वर सुन्नै नहुने, कालो झण्डा देख्नै नहुने सरकारलाई त्यस्तो आपत् के पर्यो?’

गजुरेलले ओलीको राष्ट्रवाद मोदीको नेपाल भ्रमणका क्रममा खोक्रो सिद्ध भएको दावी गरे। ‘८६ जना भारतीय कमाण्डो नेपाल भित्र्याएर मोदीलाई सुरक्षा दिईयो’ उनले भने, ‘विदेशी सेना नेपाल आउनु भनेको मिनि रुपमै भएपनि नेपालमा भारतीय सेना परिचालन हुनु हो।’ उनले मोदीसँगै ओलीले अरुण तेस्रो परियोजनाको सिलान्यास गरेर भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिनु राष्ट्रघाती कदम भएको बताए।

उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएर ओलीको पार्टीले चुनाव जितेपनि त्यस अनुसारको बजेट ल्याउन नसकेको भन्दै सरकारको आलोचना पनि गरे। सरकारले समाजवाद उन्मुख बजेट ल्याउने भनेर जनतालाई ढाँटेको उनको आरोप थियो। उनले शिक्षा, स्वास्थ्य जस्ता विषयलाई निजीकरण गरेर कहिल्यै समाजवाद नआउने बताए। यस्तै, उनले कुल बजेटको २३ प्रतिशत रकम मात्र विकास बजेटमा छुट्याएर समृद्धि नआउने बताए।

‘ओलीले चुनाव अघि वृद्ध भत्ता पाँच हजार पुर्याउने भनेर जनतालाई आश्वासन दिए। तर, बजेटमा हिस्स पारे।’ उनले भने, ‘वृद्धहरुका लागि स्वास्थ्य बीमा ल्याईनु स्वागतयोग्य भएपनि पहिलो समस्या गासको हो, सरकारले त्यसको जिम्मा लिनुपर्छ।’

गजुरेलले आफ्नो पार्टीको शक्ति यतिबेला घटेको भएपनि आफुहरु सडकको प्रतिपक्ष भएको दावी गरे। ‘संसदको प्रतिपक्ष कांग्रेस हो, तर उसको भूमिका निकै कमजोर छ। शायद आँफै भित्रको कचिंगलले होला।’ उनले भने, ‘सडकको प्रतिपक्ष हामी हौं। जनताका सवाललाई हामीले नै उठाईरहेका छौं।’

उनले संविधानमा भएका गणतन्त्र, धर्मनिरपक्षता र संघीयतालाई आफुहरुले स्वागत गरेको भएपनि पछिल्लो समयमा संघीयतामा भारत र पश्चिमा देशहरुले चलखेल गरेक कारण संघीयता कुरुप बनेको बताए। उनले मोदी जनकपुर आउँदा ‘मधेश देशमा स्वागत छ’ लेखेका ब्यानर देखाइनु, भारतीय सेनाको चलखेल, प्रदेश दुईका मुख्यमन्त्रीको भाषण आदी सबै कुराले संघीयतामा चलखेल गरेर राष्ट्रियता कमजोर पारिएको उनको टिप्पणी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक