अर्थमन्त्री गफाडी हुनुहुँदो रहेछ : गगन थापा

 नेपाली कांग्रेसका नेता गगन थापाले आगामी वर्षको बजेट स्पष्टता, सुधार र सिर्जनशिलतामा चुकेको बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेट निराशाको पोको भएको बताउँदै थापाले अर्थमन्त्रीले बजेट बनाउने क्रममा मौलिकता ल्याउन साहस गर्न नसकेको बताए ।

व्यवस्थापिका संसद्मा जारी बजेटमाथिको छलफलमा बोल्दै नेता थापाले अहिले इतिहासको बलियो सरकार बनेको उल्लेख गर्दै आवश्यकता परेको बेलामा कांग्रेसको पूर्ण सहयोग हुने बताए । उनले भने, “जनताले उत्कृष्ट भनेको पार्टी सरकारमा छ । उत्कृष्ट व्यक्तित्वहरु प्रधान र अर्थमन्त्री हुनुहुन्छ ।” यो सरकार र सरकारको बजेट पास कि फेल आफूले भन्ने नभएर यसपालि परीक्षा जनताले लिने उनको दाबी छ । उनले थपे, “त्यसको रिपोर्ट हामी बनाउँछौं । रिपोर्ट कार्डको प्रतीक्षा गर्नुहोला । अवस्था खराब भए हामी रामराम भन्न सक्छौं, काँध थाप्न सक्दैनौं ।”

कांग्रेस नेता थापाले संसदमा दिएको अभिव्यक्तिको सम्पादित अंश 

बाम गठबन्धनको घोषणापत्र हावादारी थियो । कम्युनिस्ट सरकारको नीति बरालिएको थियो । यो बजेट पनि उडन्ते कार्यक्रमको पोकाको रुपमा आउने त हैन भन्ने भन्ने विपक्षी दललाई समर्थन गर्ने अर्थशास्त्रीहरुले सन्तोषसम्म भने जनाएका थिए ।

धरातलमा रहेर बजेट विनियोजन गरिएको छ । कांग्रसी शैली अपनाउँदै थैली हेरेर खर्च छुट्याइएको छ । दीगो विकासका कुरा ल्याइएको हुनाले सन्तुलित र सावधानीपूर्ण रुपमा बजेट विनियोजन गरिएको भनेर अर्थशास्त्रीले व्याख्या गरेका रहेछन् ।

तर, बोर्ड फस्र्ट गर्ने बच्चाले सामान्य नतिजा ल्याउँदा कसैको चित्त नबुझ्दो रहेछ । यसपालीको बजेटबाट ठूलो अपेक्षा भएपनि निराश बन्नुपर्यो ।

निराश हुनुपर्ने ४ कारण छन् :-

१)    स्पष्टताको अभाव
संघीयताको कार्यान्वयनसँग यो बजेटसँग दृष्टिकोण, मार्गदर्शन र रणनीतिको अपेक्षा थियो । यो सन्दर्भमा बजेट सम्पूर्ण रुपमा चुकेको छ । बजेटले संघीय वित्तीय व्यवस्थापनलाई आत्मसात् गर्न सकेन ।  समृद्धिको प्रयत्नमा पनि स्पष्टता देखिएन । वीपी र जीपीको बजेटझै यसपालीको बजेटबाट मार्गदर्शनको अपेक्षा थियो । अहिलेको छरिएको र बाँडिएको कार्यक्रमले पूर्वाधार विकासको कुनै नतिजा पाउन नसक्ने देखिन्छ । बजेट विदेशी लगानी ल्याउन आवश्यक पूर्वाधार र नीतिगत परिवर्तन ल्याउने ठोस कार्यक्रम बनाउन पनि चुक्यो ।

२)    साहस
सांसदले भनेझैं गर्नुपर्ने भन्ने कतै छैन । बजेटमा पुरानै अनावश्यक कार्यक्रमको नामाकरण गरिएको छ । तिनलाई हटाउन अर्थमन्त्रीले साहस गर्न नसकेको देखिएको छ । सांसदको नाममा बजेट छुट्याउने कार्यक्रम संघीयता र संसदीय व्यवस्थाको मर्म विपरित छ । सांसदसँगै मन्त्रीले भनेको कुरा पनि काट्न अर्थमन्त्रीले सक्नुभएको छैन । कार्यक्रम हेरेरै भन्न सकिन्छ । मन्त्रालयले भनेका कुनै कार्यक्रम काटिएका छैनन् । रकम थोरै भएपनि आनावश्यक कार्यक्रम काटिएनन् । बजेटको कोर्स परिवर्तन गरी थुप्रै पुराना कार्यक्रम हाटाउन सकिन्थ्यो । नयाँ कार्यक्रम थप्न सकिन्थ्यो । सामाजिक सुरक्षालाई नयाँ ढंगको बनाउन सकिन्थ्यो । ऋण लिएर कतिपय पूर्वाधारको परिकल्पना गर्न सकिन्थ्यो । तर, साहस गर्न उहाँ चुक्नुभयो ।

३)    सिर्जनशिलता
राजस्वको यत्रो ठूलो लक्ष्य राखिएको छ । यसो गर्दा कर बढाउनुपर्छ । करको दायरा बढाउने वा करको दर बढाउने, अर्थमन्त्रीले यो सोच्न सक्नुभएन । गाडीको कर बढाएर, धेरै कमाउनेसँग कर कुम्ल्याएर राजस्व बढाउने काम त अरु अर्थमन्त्रीले पनि गर्न सक्थे । पुँजीगत खर्च बढाउनेमा पनि कुनै नवीनता छैन । 

४) संगतिपूर्ण
बजेट संगतिपूर्ण छैन । अर्थमन्त्री आफैं गफाडी हुनुहुँदो रहेछ । राष्ट्रियसभामा उत्तर दिने क्रममा अर्थमन्त्रीले ढाँट्नु भएको छ । आफूलाई वृद्धभत्ताको आर्किटेक्ट बताउने अर्थमन्त्री वृद्धभत्ता डिजाइनमा संलग्न नभएको तथ्य पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी स्वयम्ले खुलासा गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक