ठूलो मन्त्रालय माग्न पार्टीको दबाबमा उपेन्द्र यादव

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव ठूलाे मन्त्रालय माग्नका लागि पार्टी भित्रबाटै दबाबमा परेका छन्।

फोरम संसदीय दलको बैठकमा ठुलो मन्त्रालय माग्न नेताहरुले अध्यक्ष यादवलार्इ दबाब सिर्जना गरेका हुन्।

संसदीय दलको बैठकमा नेताहरुको दबाब खेपेपछि अध्यक्ष यादवले प्रधानमन्त्रीलाई भेटेर पार्टीकाे माग प्रस्तुत गर्ने बताए। फोरमले छलफलपछि मन्त्रीको नामावली बुझाउने र बिहीबार नै मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाे छ। 

बिहिबार बसेको फोरम संसदीय दलको बैठकमा फोरमका नेताहरुले नेकपा सरकारमा परराष्ट्र र शहरी विकास मन्त्रालय पाउनुपर्ने धारणा व्यक्त गरेको फोरम स्रोतले जानकारी दियो। यादवले आजै प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर सरकार विस्तारलाई टुंगोमा पुर्‍याउने तयारी गरेका छन्। दलभित्र मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलार्इ नै छ।

सरकारसँगको सहमतिमा फोरमले दुई मन्त्रालय प्राप्त गरेको थियो। जसमा एउटा मन्त्रालयको मन्त्री अध्यक्ष यादव स्वयम् हुने भएका छन् भने अर्को मन्त्रालयका लागि मन्त्री छनोट भइरहेको छ।

पार्टीभित्र मन्त्रीका लागि  रेणु यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुले दावी प्रस्तुत गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक