सरकारले तीन महिना भित्र नारायणहिटी दरबार संग्राहलयमा राजमुकुट सार्वजनिक गर्ने घोषणा गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले राजसंस्थाको प्रतिकको रुपमा तत्कालीन राजाले लगाउने राजमुकुट नारायणहिटी दरबार संग्राहलयमा ३ महिना भित्र सार्वजनिक गर्ने योजना अघि सारेका हुन्।
यस अघि पनि सरकारले राजमुकुटलाई सार्वजनिक गर्ने प्रतिवद्धता पटक–पटक सार्वजनिक गर्दै आएको थियो। बुधबार नारायणहिटी दरबार संग्राहलयको अनुगमनमा पुग्नु भएका मन्त्री अधिकारीले संचारकर्मीमाझ संग्राहलयको उचित व्यवस्थापनका लागि गुरु योजना बनाउने प्रतिवद्धता पनि व्यक्त गरे। नारायणहिटीको ऐतिहासिकता मर्न नदिन पनि गूरु योजना बनाउने सोच आफूले अघि सारेको मन्त्री अधिकारीले स्पष्ट पारे।
मन्त्री अधिकारीले नारायणहिटी दरबार संग्राहलयमा निर्माणाधिन गणतन्त्र स्मारकको काम पनि छिट्टै सम्पन्न हुने आश्वासन दिए। मुलुकमा गणतन्त्र स्थापना भएसँगै सरकारले नारायणहिटी राजदरबारलाई संग्राहलयको रुपमा नामाकरण गरेको थियो।
राजतन्त्र र त्यसको ऐतिहासिकता मर्न नदिन सरकारले यसलाई संग्राहलयमा परिणत गरेको हो। मन्त्री अधिकारीले नारायणहिटी संग्राहलयको ऐतिहासिकता मर्न नदिन सरकार सचेत रहेको स्पष्ट पारे। सरकारले यो संग्राहलयको उचित व्यवस्थापनका लागि छुट्टै समिति बनाउने योजना पनि तय गरेको छ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८