May 27, 2018

सरकारका सय दिन अण्डरलाइन नेकपा निर्माण गर्नमा खर्च : निधि

 प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारका सय दिन देश, जनता र संघीयताको पक्षमा रत्तिभर पनि खर्च नभएको टिप्पणी गरेका छन् ।
कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस यूनियनको २७ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित समारोहमा उपसभापति निधिले सरकारका सय दिन दलीय काम गर्नमा खर्च भएको टिप्पणी गरे । 
सरकारले सय दिनको अवधिमा संघीयता, समावेशिता र संविधान विरुद्ध सिण्डिकेट निर्माण गरेका, दलीय काममा खर्च गरेको र आत्मप्रशंसामा खर्च गरेको उनको भनाइ थियो ।  
‘‘संवैधानिक, संरचनागत र संगठनात्मक रुपले बाँकी काम गर्नुपर्ने काममा सरकारले एक दिन पनि खर्च गरेको छैन,’’ उपसभापति निधिले भने, ‘‘उसले सय दिन दुई पार्टी एकीककरण गर्नमा खर्च गर्यो । सरकारको सय दिन अण्डरलाइन नेकपा निर्माण गर्नमा खर्च भएको छ ।’’ 
सरकारले आफ्ना सय दिनलाई उत्तर र दक्षिणका छिमेकी मुलुकसँग गर्नमा खर्चेको पनि उनले आरोप लगाए । ‘‘सरकारका सय दिन भोट माग्नका लागि मात्रै राष्ट्रवादीको नक्कली प्रमाणपत्र लिएर जनताको बीचमा गएको हुँ । म त तपाईहरुकै हुँ नि भनेर दक्षिणलाई रिझाउन लम्पसारवादको गतिविधिमा संलग्न हुनका लागि खर्च गरेको छ,’’ कांग्रेस उपसभापति निधिले भने ।  
सरकारले सय दिनकै अवधिमा उत्तरतर्फ जाने र लम्पसार पर्ने योजना पनि बनाएको भन्दै उनले थपे, ‘‘दक्षिण र उत्तर गएर आलोपालो जता गयो उतै चाकडी गर्ने काममा सय दिन खर्च भएका छन् ।’’ 

  
कांग्रेस उपसभापति निधिले सरकारका सय दिनलाई विशेषज्ञ, राजनीतिज्ञ, पूर्व पदाधिकारी, विश्लेषकहरुले सतही रुपमा टिप्पणी गरेकोप्रति असन्तुष्टि पोखे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक