राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत

 राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले वर्तमान सरकारको सय दिनमा दुई पार्टीबीचको एकता र केही सुशासन दिलाउनेबाहेक अन्य कुरामा सपना बाँड्ने मात्रै काम भएको बताएका छन् । 

शनिबार काठमाडौंमा भएको कार्यक्रममा वर्तमान सरकारले नारा धेरै लगाएको तर काम थोरै गरेको पनि उनको आरोप थियो । उनले अहिलेको सरकार सर्वसक्तिमान रहेको बताउँदै भने,‘भारतमा, चीनमा र नेपाल सबैमा शक्तिशाली र स्थिर सरकार छ, अब सुशासन र विकास नगरे कहिले गर्ने ?’

आफूहरुले संविधान संशोधन लगायतका मधेश आन्दोलनका मुद्दाहरुलाई सम्बोधन गर्नको लागि वर्तमान सरकारलाई समर्थन गरेको भएपनि अहिलेसम्म कुनै सुनुवाई र सम्बोधन नभएको उनले आरोप लगाए । उनले थपे,‘हाम्रो काम नै नगरेपछि हामी अब समर्थनबारे पूर्नविचार गर्छौं।’ यादवले सरकारलाई दिएको समर्थन आफूहरुले फिर्ता लिन सक्ने बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक