अबको ५ वर्षसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन : प्रचण्ड

 नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार कसैले हिल्लाउन खोजेपनि नहिल्लने बताएका छन् ।उनले यो सरकार अबको ५ वर्षसम्म नढल्ने दावी समेत गरेका छन् ।

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको १२ औं स्थापना दिवसको कार्यक्रममा उनले कम्युनिष्टहरुको एकलौटी बहुमत रहेको सरकार कमजोर नरहेको जिकिर गरे ।

कम्युनिष्टहरुको निकै सुविधाजनक एकलौटी बहुमतको सरकार बनिसकेकाले अब लोकतान्त्रिक मूल्य र मान्यता अनुसार नै अहिलेको सरकार चल्ने बताए ।

विगतमा मुलुकमा राजनीतिक अस्थिरताले गर्दा बेलाबेलामा सरकार परिवर्तन भईरहने गथ्र्यो त्यसैले मुलुकको अर्थतन्त्र पनि डामाडोल अवस्थामा रह्यो ।

अब भने विकास र समृद्धि नै अहिलेको सरकारको प्राथमिकता भएकोमा उनले जोड दिए । अध्यक्ष प्रचण्डले मुलुकको अस्मिता बचाउनका लागि नै कम्युनिष्ट पाटीको एकीकरण गरिएको बताएका छन् ।

विगत ७० वर्षमा नेपालीले ५ वर्ष एउटै सरकारले काम गरेको देख्न र कामको मुल्यांकनको आधारमा फैसला गर्ने अवसर नपाएको भन्दै प्रचण्डले त्यस्तो अवस्थाको आफूहरुले अन्त्य गरेको बताए ।

‘पञ्चायतकालिन राजाका पालादेखि बहुदल आउँदासम्म पनि स्थिर सरकार बन्न सकेन। गणतन्त्र आउँदा पनि सरकार ९/९ महिनामा फेरिने स्थिति आयो । उनले भने ‘यो अवस्था ल्याउने राजनीतिक त्याग तपस्या र बलिदान गर्ने हामी जनता र नेतृत्वका लागि ठूलो चिन्ताको अवस्था रहृयो ।’

‘यस्तै फेरि पनि अर्को ७० वर्ष रहने हो भने अर्थतन्त्र डामाडोल हुन्छ, अर्थतन्त्र जति डामाडोल हुँदै जान्छ यो राष्ट्रको अस्मिता त्यति नै खतरामा पर्दै जान्छ र कुनै दिन यस्तो पनि आउन सक्छ नेपालको राष्ट्रिय अस्मिता बचाउनै नसक्ने ठाउँमा पुग्ने खतरा छ । यही कुरालाई हेरेर हाम्रा उतार चढाव घु्म्ती मोडहरु र हाम्रा सबै संघर्षहरुको समीक्षा गरेर एकतामा आयौं’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक