सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु

सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसदमा आज दोस्रो दिनको छलफल सुरु भएको छ। गत सोमबार संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो।

सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत रहेको भन्दै जनप्रनिधिमूलक संस्थाको नेतृत्वको आफ्नो मर्यादा हुने बताए।

गरिबी र बेरोजगारीको दुश्चक्रबाट हटाउने, बेरोजगारीको अन्त्य, आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाउने, पाँच वर्षमा पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्नेजस्ता विषय सकारात्मक रहेको उनले बताए।

सपना ठूला देखाएर पूरा भएन भने त्यसले जनतामा निराशा उत्पन्न हुने भन्दै उनले कृषि, पर्यटन, ऊर्जा, शहरी विकासजस्ता विषयलाई प्रमुख प्राथमिकतामा राखेर समयसीमा तय गरेर जान सरकारलाई सुझाव दिए।

उहाँले लक्ष्य प्राप्त गर्ने सैद्धान्तिक आधार पनि प्रष्ट हुनुपर्ने, साधन तथा स्रोत कसरी जुटाउने हो भन्नेबारेमा थप प्रष्टताको जरुरी रहेको उल्लेख गरे।

उहाँले राष्ट्रिय हित अनुकूल हुने गरी वैदेशिक लगानी भित्र्याउनुपर्ने, शिक्षामा सहज लगानी, लगानीमैत्री वातावरण बनाउनुपर्ने, कर्मचारीतन्त्रमा सुधार गर्नुपर्ने, कार्यक्षमताका आधारमा काम गराउने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

संघीयताका विषयमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केही अस्पष्टता रहेको भन्दै त्यसलाई सुधार गर्न माग गरेका छन्।

सांसद विशाल भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तय गर्नुपर्ने आधार तयार पार्नुपर्नेमा जोड दिएका छन्। 

यस्तै सांसद यज्ञराज सुनुवारले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रभावकारी रहेको, भौतिक पूर्वाधारको क्षेत्रलाई जोड दिएको, शिक्षा र स्वास्थ्यमा रहेका व्यापारीकरणको अन्त्यका लागि गरेको प्रयास प्रशंसनीय रहेको धारणा राखे।

रकारको नीति तथा कार्यक्रममाथि २३ सांसद्ले संशोधन प्रस्ताव हालेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेस, संघीय समाजवादी फोरम, राजपा लगायतका दलका सांसद्ले डेढ दर्जनभन्दा धेरै संशोधन प्रस्ताव हालेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक