सुनसरी क्षेत्र नं. १ कांग्रेसको क्षेत्रीय समिति विघटन

नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीको क्षेत्रीय समिति विघटन भएको छ । क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पाटी संगठनलाई नयाँ ढंगले सञ्चालन गर्न र सकृय कार्यकर्ताहरुलाई अवसर प्रदान गर्न पुनः पुर्नगठन गर्ने गरी क्षेत्रीय समितिलाई विघटन गरेको हो ।

क्षेत्रीय कार्यसमिति विघटन भएसँगै मनोनित पदाधिकारी तथा सदस्यहरु, आमन्त्रित सदस्यहरु, सल्लाहकारहरु सबै विघटित भएका छन् । बैठकले पर्यटकीय स्थल धरान–४ मा खानेपानीको व्यापक समस्या भएको भन्दै निर्माणाधीन खानेपानी आयोजनाले नसमेटिएका वडाहरुमा पर्याप्त खानेपानीको व्यवस्था गर्न समेत माग गरेको प्रचार प्रसार संयोजक प्रेमकुमार राईले बताए ।

त्यसैगरी हाल धरानमा भईरहेको विकास निर्माणका कार्यहरु र नगरपालिका तथा वडाहरुले गर्ने विभिन्न कार्यक्रमहरुको बारेमा पनि बैठकको ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकमा जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले, महासमिति सदस्य उमेश थापा, जिल्ला सदस्यहरु चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, गोविन्द बस्नेत, निलकुमारी गिरी, गोविन्द दर्नाल, मोहन बस्नेत, महाधिवेशन प्रतिनिधि सन्तोष सापकोटा, क्षेत्रीय सचिव मुरारी भट्टराई, क्षेत्रीय कोषाध्यक्ष एवम् नेविसंघ केन्द्रिय सदस्य सागर प्रसाई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक