प्रधानमन्त्री ओली सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका १८ मन्त्री र एक राज्यमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामान्यतयाः सार्वजनिक पद धारण गरेको व्यक्तिले पदमा बहाल रहेको ३० दिनभित्र सम्पत्ति सार्जनिक गरिसक्नुपर्ने सम्वैधानिक प्रावधान छ । 

हेरौँ कसको कति सम्पत्ति ?

प्रधानमन्त्रीसँग ४२ लाख नगद र १७ तोला सुन
प्रधानमन्त्री केपी ओलीले बुझाएको सम्पत्ति विवरणमा उनले आफ्नो नाममा ४२ लाख नगद र १७ तोला सुन रहेको बताएका छन् । त्यस्तै, पत्नी राधिका शाक्यको नाममा १० लाख रहेको विवरण उल्लेख गरिएको छ । पत्नी राधिका शाक्यकै नाममा भक्तपुर सूर्यविनायकमा डेढ रोपनी जग्गा र तीन तलाको दुईवटा घर र झापा पृथ्वीनगरमा १० कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

अर्थमन्त्रीसँग एक करोड नगद, १० तोला सुन
राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदै अर्थ मन्त्रालय सम्हाल्न आइपुगेका डा युवराज खतिवडा धनाढ्य अर्थमन्त्रीमा दरिएका छन् । मन्त्री खतिवडाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमती कमला खतिवडा र उनको नाममा काठमाडौँ महानगरपालिका वडा नं. ४ मा एक रोपनी, ३ आना र भक्तपुर चाँगुनारायणमा एक रोपनी ८ आना जग्गा रहेको उल्लेख छ । 

त्यस्तै झापा गौरादहमा ४ रोपनी, झापा बुद्धशान्ति गाउँपालिकामा १० आना र काठमाडौँ कागेश्वरीमै ४ रोपनी एक आना दुई दाम जग्गा रहेको उल्लेख छ । अर्थमन्त्रीसँग १० तोला सुन, एक केजी चाँदीका गरगहना र एक करोड नगद रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । 

रक्षामन्त्रीसँग ७ लाख नगद, ८ तोला सुन
रक्षामन्त्री ईश्वर पोखरेलले बुझाएको सम्पत्ति विवरमा आफ्नो नाममा ७ लाख नगद देखाएका छन् । त्यस्तै पत्नी मिरा पोखरेलको नाम ६ लाख चालिस हजार नगद रहेको उल्लेख छ । त्यस्तै ७–८ तोला सुन २२–२५ तोला चाँदी रहेको पनि पोखरेलको सम्पत्ति विवरणमा उल्लेख छ ।
विभिन्न ठाउँमा गरी ५ रोपनी ११ आना १२ कट्ठा जग्गा रहेको पनि उनले बताएका छन् ।
पोखरेलको नाममा काठमाडौँको धापासीमा २३ आनामा निर्मित ३ तले घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

गृहमन्त्रीसँग ३ लाख नगद र ६ तोला सुन
यसअघि रक्षामन्त्रीसमेत भइसकेका गृहमन्त्री रामबहादुर थापा बादलले ३ लाख नगद र ६ तोला सुन सार्वजनिक गरेका छन् । त्यस्तै पत्नी नैनकला थापाको नाममा भरतपुर नगरपालिका १० मा ६ लाखमा खरिद गरेको जग्गा र सोही महानगरपालिकाको ११ नम्बर वडामा एक लाख मूल्यमा खरिद गरेको २३७.०५ वर्ग मिटरको जग्गा रहेको सार्वजनिक गरेका छन् ।

परराष्ट्रमन्त्रीसँग २१ लाखमा खरिद गरेको घरजग्गा, १४ लाख ८५ हजार ऋण
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा काठमाडौँ महानगरपालिका–३१ मा ४ आना २ पैसा ३ दाममा बनेको २ तले घर र व्यक्ति तथा वित्तीय संस्थासँग लिएको १४ लाख ८५ हजार ऋण देखाएका छन् ।
त्यस्तै ज्ञवालीसँग २ लाख ६१ हजार २८३ नगद रहेको पनि उल्लेख छ । उनले अन्यमन्त्रीभन्दा पृथक २५ सय पुस्तक आफूसँग रहेको बताएका छन् ।

वर्षमानसँग ७ लाख नगद र १५ तोला सुन
ऊर्जामन्त्री वर्षमान पुनले आफूसँग ७ लाख नगद र १५ तोला सुन रहेको सम्पत्ति सार्वजनिक गरेका छन् । त्यस्तै उनले आधा केजी चाँदी र रोल्पामा रहेको तीन वटा घर सम्पत्ति विवरणमा खुलाएको छन् । दाङ र रोल्पामा गरी करिब २ लाख मूल्य बराबरको जग्गा रहेको उल्लेख गरेका छन् ।

गिरिराजसँग २२ रोपनी जग्गा र ३ लाख ८० हजार नगद
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा खोटाङमा २२ रोपनी जग्गा र विभिन्न बैंकमा गरी ३ लाख ८० हजार नगद भएको उल्लेख गरेका छन् ।

मातृकासँग साढे दुई धुरमा बनेको दुईवटा घर 
आपूर्तिमन्त्री मातृका यादवले पत्नी प्रमिलादेवी यादवको नाममा सिरहा र धनुषामा गरी साढे दुई धुर जग्गामा बनेको घर सार्वजनिक गरेका छन् । त्यस्तै धनुषा, सिरहा र ललितपुरमासमेत गरी ३० लाख बढी मूल्यको जग्गा सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

रघुवीर महासेठको दाइजोमा २५ तोला सुन
भौतिक पूर्वाधार तथा यातायतामन्त्री रघुवीर महासेठले ७२ लाख नगद र ५२ तोला सुन आफूसँग रहेको बताएका छन् । त्यसमध्ये २५ तोला सुन दाइजोमा आएको सम्पत्ति विवरणमा उल्लेख छ । त्यसबाहेक धनुषा, काठमाडौं र ललितपुरमा पनि जग्गा देखिएको छ ।
जुली कुमारी महतोको नाममा धनुषामा १६ हजार ५ सय वर्गमिटर पैतृक सम्पत्ति, त्यसैगरी धनुषाको क्षिरेश्वर नगरपालिकामा ८ विगाहा, सिन्धुली, ललितपुरमा पनि महतोको नाममा जग्गा रहेको विवरण उल्लेख छ ।

गोकर्ण विष्टसँग ४८ हजार नगद र सात तोला सुन
श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले आफूसँग सात तोला सुन र ४८ हजार नगद रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पत्नी प्रतिमा श्रेष्ठको नाममा ६ लाख ८२ हजार रुपैयाँ बैंकमा मौज्दात रहेको पनि विवरणमा उल्लेख गरेका छन् ।
त्यस्तै उनले ४० लाखमा खरिद गरेको घरजग्गाा र विभिन्न वित्तीय संघसंस्थलाई बुझाउनुपर्ने ७३ लाख ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

शक्ति बस्नेतसँग २ लाख नगद र पार्टीको नाममा रहेको स्कोरपियो
वनमन्त्री शक्ति बस्नेतले आफूसँग दुई लाख नगद र पार्टीको नाममा रहेको स्कोरपियो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै ३ लाख दश हजार बराबरको सेयर खरिद गरेको पनि उनले सम्पत्ति विवरण फारममा खुलाएका छन् ।

लालबाबुसँग २५ लाख नगद र १० तोला सुन
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो नाममा रहेको २५ लाख नगद र पत्नी विमला पण्डितको नाममा रहेको ३५ लाख नगद सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन् । त्यस्तै विराटनगर महानगरपालिका–१२ मा  १ कट्ठामा बनेको ५ कोठे घर, विराटनगर–१२ मै १ कट्ठामा बनेको घर, सर्लाहीमा ४ बिघा, ललितपुर भैँसेपाटीमा पत्नी विमला पण्डितको नाममा रहेको ४ आना जग्गा सम्पत्ति विवरणमा खुलाएका छन् ।

थममायासँग १ तोला सुन र १५ हजार नगद
महिला बालबालिका मन्त्री थममाया थापा ‘गरिब’मन्त्रीमा दर्ज भएकी छन् । उनीसँग एक तोला सुन, म्याग्दीको बेनीमा ७ आना १ पैसा ८ दाम जग्गा र १५ हजार नगदमात्रै रहेको सम्पत्ति विवरण फारममा उल्लेख छ ।

जगत विश्वकर्मासँग ५० तोला सुन र १३ लाख नगद
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासँग ५० तोला सुन र १३ लाख नगद रहेको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । त्यस्तै मन्त्री विश्वकर्माले पत्नीको नाममा ७ लाख नगद रहेको र पोखरा लेखनाथ नगरपालिकामा २ रोपनी १३ आनामा बनेको घर सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

पर्यटनमन्त्रीसँग सगोलमा ६० तोला सुन र २५ लाख नगद
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सगोलमा ६० तोला सुन र आफ्नो नाममा रहेको करिब २५ लाख नगद सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । तीन पटक सांसद्, विकास समितिको सभापतिसमेत भएका अधिकारीले हाइड्रोपावरमा तीस लाख बराबरको सेयर रहेको उल्लेख गरेका छन् ।

कानुनमन्त्रीसँग १ लाख २८ हजार नगद, ७० लाख ऋण
कानुनमन्त्री शेरबहादुर तामाङले १ लाख २८ हजार नगद, ७० लाख ऋण सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै उनले काठमाडौँ गोकर्णेश्वरमा ३ आना ३ पैसा २ दाममा बनेको अढाइ तल्ले घर र पत्नी उषाकला राईसमेतको नाममा विभिन्न ठाउँमा गरी १२० रोपनी भन्दा बढी जग्गा सार्वजनिक गरेका छन् ।

चक्रपाणिसँग ८ लाख १६ हजार नगद र ६ तोला सुन
कृषि तथा भूमिसुधारमन्त्री चक्रपाणि खनालले आफ्नो नाममा  ६ तोला सुन र ८ लाख १६ हजार नगद र पत्नी यमा बञ्जाडेको नाममा ६ लाख ८० हजार नगद रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै १० लाख ३७ हजार २७५ मूल्य बराबरको सेयर खरिद गरेको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

बिना मगरसँग प्रकाश दाहालको नाममा रहेको स्कुटर र ५ तोला सुन
सररफाइ तथा खानेपानी मन्त्री बिना मगरले प्रकाश दाहालको नाममा रहेको स्कुटर र ५ तोला सुन सम्पत्ति विवरणमा सार्वजनिक गरेकी छन् । त्यस्तै भरतपुर महानगरपालिका–१४ मा रहेको २ कट्ठा र सीता दाहालको नाममा रहेको भरतपुर–१२ को १ कट्ठा जग्गा पनि आफ्नो सम्पत्तिमा खुलाएकी छन् ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पाँच लाख ऋण, १ लाख ८० हजार नगद, एक थान मोटरसाइकल र स्याङ्जाको वालिङमा १२ आना जग्गा भएको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक