काठमाडौँ । नेपाल नवनिर्माण महाअभियान नामक पुस्तक समेत प्रकाशित गरेर विकासमा विशेष चासो राख्न थालेका नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले महत्वपुर्ण जिम्मेवारी पाउने भएका छन् । उनको चाहना र चासो बमोजिमको जिम्मेवारी नै सरकारले उनलाई दिन लागेको हो ।
प्रतिनिधिसभा निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्रवाट पराजित भएका बामदेव अहिले भूमिका विहिन छन् । पार्टीमा समेत उनको औपचारीक जिम्मेवारी त्यस्तो केही छैन । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकिकरणको लागि महत्वपुर्ण जिम्मेवारी निभाएका वामदेव वर्दियावाट निर्वाचन हारेपछि उनी महत्वपुर्ण भुमिकाको खोजिमा थिए ।
उनको रुची अनुसारको विकास निर्माण प्राधिकरणको भुमिकामा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई जिम्मा दिन लागेको बताइएको छ । सरकारले निकट भविष्यमै शक्तिशाली विकास निर्माण प्राधिकरण गठन गर्दैछ ।
गौतमको सोही रुचि बमोजिम प्रधानमन्त्री ओलीले कार्यकारी नेतृत्व दिने गरी प्राधिकरणको जिम्मेवारी दिन लागेका हुन् ।
ओलीसँगै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि गौतमलाई प्राधिकरणको जिम्मेवारी दिन सहमत भएको स्रोतले बतायो ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा