राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्ने माथी सरकारकाे कडा नीति : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्ने माथी सरकारले कडा नीति लिने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा ,कहिले जातीका नाममा आतंक मच्चाउनेहरुलाई नछोडिने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर बस्दैन ।’

प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक विद्वेश फैलाउनेहरुबाट सजग हुनु पर्छ । ‘

प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रुत गतीमा अघि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताएका छन् । ‘अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो,’ प्रधानमन्त्री ओलीले भने,  ‘कसैले षडयन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठिक लाउने ठाउँमा हामी छौं ।’

राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निवार्ह गरेको बताउदै प्रधानमन्त्री ओलीले भने, ‘यो सबै भूमिका नेपालको स्वाभिमानको सुरक्षा हो ।’ प्रधानमन्त्री ओलीले नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालीहरु तोपसँग खुकुरीले लडेर जित हासिल गरेको जाती भएको स्मरण गराए । ‘राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रै देखि बलियो बनाउनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘भित्र कमजोर पार्ने तर बाहिर बलियो देखाएर मात्र हुदैन ।’

उनले सरकारले राष्ट्रिय सुरक्षा सम्बन्धि धारणालाई समयअनुकुल ढंगले अघि बढाउने तयारी गरेको बताए । ‘विगतमा पनि हामीले गौरव गर्ने हैसियत बनाएकै हौं, ‘ प्रधानमन्त्री ओलीले भने, ‘दासता नस्विकारेका र पराधिन नभएको नेपाल अनन्तसम्म यही हैसियतमा रहनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक