आज कांग्रेस केन्दीय समिति बैठक बस्दै , पदाधिकारी चयनका विषयमा छलफल

नेपाली कांग्रेसको केन्दीय समिति बैठकमा आज बस्दैछ । बैठकमा पदाधिकारी चयनका विषयमा छलफल हुनेछ । यसअघिको बैठकमा सभापति शेरबहादुर देउवाको प्रस्तावमा बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाएपछि बैठक रोकिएको थियो ।

आज बस्ने बैठकमा उपसभापति, महामन्त्री र सहमहामन्त्री चयनको प्रस्ताव गरिनेछ । सोमबारको बैठकमा सभापति देउवाले प्रस्ताव नगरि बैठक आजका लागि स्थगित गर्नुभएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले आजको बैठक पदाधिकारी चयनमा केन्द्रित हुने बताउनुभयो ।

सभापति देउवाले तीनै पदमा आफूपक्षका नेतालाई मात्र नियुक्ति गर्ने गरि बैठकमा प्रस्ताव गर्न लागेपछि वरिष्ठ नेता पौडेल पक्षले सोमबारको बैठक अस्वीकार गर्ने तयारी गरेपछि सभापति देउवाले बैठक ४ दिनका लागि स्थगित गर्नुभएको हो । अर्को बैठक बस्नुअघि सभापति देउवाले पौडेल पक्षलाई पनि सहमतिमा ल्याउने प्रयास गर्ने भनिएपनि यो बिचमा थप छलफल भने भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने