यातायात व्यवसायीको बन्दविरुद्ध ५० कम्पनीले गाडी चलाउन तयार

सरकारले ल्याएको नयाँ निर्देशिकाविरुद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीले गाडी ग्यारेजमा थन्क्याएर आन्दोलन गरे पनि आफूहरु गाडी चलाउन तयार भएको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका करिब ५० कम्पनीले आफूहरु गाडी चलाउन तयार रहेको जनाएका छन् ।

त्यसका लागि सरकारले सुरक्षा दिनुपर्ने माग उनीहरुले गरेका छन् । यातायात व्यवस्था विभागमा भएको छलफलमा बिहीबार करिब ५० कम्पनीका सञ्चालकहरुले सरकारले सुरक्षा दिए आफूहरु बन्दका बेला पनि गाडी चलाउन तयार भएको बताएका हुन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भोलि शुक्रबार देशभरका गाडी ग्यारेजमा थन्क्याउने घोषणा गरेका छन् ।

सरकारले जारी गरेको निर्देशिका फिर्ता नलिए २७ गतेदेखि करिब २ लाख सार्वजनिक सवारी साधन अनिश्चितकालका लागि ग्यारेजमा थन्क्याउने घोषणा गरेका छन् । यातायात व्यवस्था विभागले बिहीबार कम्पनीका सञ्चालकहरुसँग छलफल गरेको थियो । छलफलमा करिब ५० कम्पनीका प्रतिनिधि सहभागी थिए ।

“राज्यले सुरक्षा दिए हामी जुनसुकै बेला गाडी चलाउँछौं,” नमस्ते प्युठान यातायात प्रालीका उपाध्यक्ष केशव महतराले भने, “सरकारले दिउसोमा भन्दा रातिको लागि सुरक्षा दिनुपर्छ । सहरी क्षेत्रमा मात्रै होइन, ग्रामिण क्षेत्रमा हामी गाडी चलाउन तयार छौं ।” देउती नागरिक यातायात प्रालीका अध्यक्ष कमल खड्काले पनि आफूहरुलाई सरकारले सुरक्षा दिन तयार भए जुनसुकै बेला जहाँ पनि गाडी चलाउन तयार रहेको बताए ।

“हामीलाई मुख्य चुनौती भनेको सुरक्षा नै हो । व्यवसायीको आन्दोलन सरकारको ऐनविपरीत छ । हामी असफल बनाउनुपर्छ । सरकारले ल्याएको नयाँ नियमलाई सफल बनाउन यातायात सञ्चालन गर्न तयार छौं,” उनले भने । उनले महासंघका यातायात व्यवसायीलाई राज्यविरुद्ध नजान आग्रह गरे ।

यातायात व्यवस्था विभागका निर्देशक तिर्थराज खनालले सरकार सुरक्षा दिन तयार रहेको बताउँदै ढुक्क भएर गाडी चलाउन आग्रह गरे । “गृह मन्त्रालय पनि तयार छ । शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार तयार छ । शान्ति सुरक्षाको चिन्ता तपाइँहरुले लिनुपर्दैन,” छलफलमा उनले भने ।

यातायात व्यवसायीले विभिन्न स्थानमा रहेका काउन्टर बन्द गरेको बताउँदै कम्पनीलाई पनि तत्काल काउन्टर खोल्ने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित