May 1, 2018

सबैका अघाडी नाच्दै वामदेवले भने – अब तलबाट गर्नुपर्छ केही अप्ठेरो परे म बेहोरौंला !

 

काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले एमाले–माओवादी केन्द्रबीचको एकता रोकिनुको कारण आफूलाई पनि थाहा नभएको बताएका छन् । सबै कुरा टुङ्गिएपनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकतामा ढिलाई गरेको बताउँदै गौतमले तलबाट एकता प्रक्रिया सुरु आव्हानसमेत गरेका छन् ।

एकता संयोजन समितिको सदस्य समेत रहेका एमाले बरिष्ठ उपाध्यक्ष गौतमले एमाले र माओवादी केन्द्रको सिन्धुली–काठमाण्डु सम्पर्क मञ्चद्वारा शनिबार गोदाबरीमा आयोजित बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै ओली–प्रचण्डका कारण एकताका ढिलाई भएको र ढिलाईको कारण आफूले पनि थाहा नपाएको बताएका हुन् ।

‘एकताका लागि राजनीतिक प्रतिवेदन तयार छ, विधान पनि तयार भइसकेको छ, धेरै कुरा मिलिसकेका छन्, तर पनि एकता हुँदैन, किन भइरहेको छैन, मलाई पनि थाहा छैन’ गौतमले भने, ‘त्यसैले, अब एकता माथिबाट होइन, तलबाट गर्नुपर्छ, केही अप्ठेरो परे म बेहोरौंला ।’

१७ असोजमा गर्ने भनिएको एकता हुन नसक्नुको गुदी कारण के हो, त्यसबारे एकता संयोजन समितिका अन्य सदस्यलाई ओली र प्रचण्डले जानकारी नगराएको गुनासो पनि गौतमले गरे । ‘एकता नहुनुको कारण ओली र प्रचण्डबाहेक अरु कसैलाई थाहा छैन’ गौतमले भने, ‘उहाँहरुबीच के के कुरा हुन्छन्, एकता संयोजन समितिमा रहेका हामीलाई समेत जानकारी गराइन्न ।’

आफू धेरै एकता प्रक्रियामा सहभागी भएपनि यत्तिको जटिल एकता आफूले अरु नदेखेको गौतमले बताए। ‘प्रचण्डले माओवादी घटकबीच १६ पटक एकता गराउनु भयो रे १ ०४७ मा माले–मार्क्सवादी बीच एकता भएर एमाले बनेयता विभिन्न समूहसँग ४६ पटक एकता भइसक्यो, ती सबैजसो एकतामा म आफैं संलग्न छु’ गौतमले भने, ‘तर एमाले–माओवादी केन्द्रबीच जत्तिको जटिल एकता मैले देखेको छैन ।’बिगुल न्युजबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो