April 29, 2018

सुर्य टोबाको कम्पनीलाई कारवाही गर्ने !

स्वास्थ्य तथा जनसख्या मन्त्रालय सहित विभिन्न सरोकारित संस्थाको सहकार्यमा शनिबार राजधानीमा आयोजित सुर्तीजन्य पदार्थ नियन्त्रण र नियम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बाेल्दै राज्यमन्त्री अर्यालले सरकारका निति नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताएकी हुन् ।

सुर्य टोबाले आफ्नो उत्पादनमा सुर्तीजन्य पदार्थको बाहिरी कभरमा सुर्ती जन्य पदार्थले पुर्याउने हानी नोक्सानीको बारेमा अत्यन्तै सानो स्थान दिएको भएपनि कारवाही नभएको भन्ने गुसानो आएपछि मन्त्रीले सुर्य टोबालाई एक हप्ता भित्र कारबाहीको दायरामा ल्याउने बताएकी हुन् ।

‘सुर्तीजन्य पदार्थमा राज्य अंगिकार गरेका नितीनियम पुरा नगर्ने जाे काेहीलार्इ कारवाही हुन्छ । सूर्य टाेबाकाे कम्पनीले नियम उलंघन गरेकाे कुरा अाएकाे छ, एकहप्ता भित्र कारवाहीकाे दायरामा ल्याउँछु ।’ उनले भनिन् ।

उनले सुर्ती जन्य पदार्थको विक्रिमा १७ प्रतिशत कर लगाउने बारे पनि अर्थमन्त्रालय लाई पत्राचार गरिने बताइन् । राज्यमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालयमा सुर्तीजन्य पदार्थ लैजान रोक लगाउने काम सुरु भईसकेको र सरकारसंग छलफल गरि सोही व्यवस्था अन्य मन्त्रालयमा पनि लागु गरिने बताइन् ।

अर्यालले अाफ्नो मन्त्रालयबाट सुरु गरेको काम अब बीर अस्पतालमा पनि लागु गर्ने बताइन् । उनले अस्पताल आगाडिका पसलबाट सुर्तीजन्य पदार्थ लाई नै हटाउने दावी गरिन् ।
वीर अस्पताल पछि अन्य सरकारी, तथा निजी अस्पतालमा पनि सुर्तीजन्य पदार्थ लैजान निषेध गरिने राज्यमन्त्री अर्यालकाे भनार्इ छ ।

कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उत्पादन गर्न दिने तर उपभोग गर्न नदिने भन्ने प्रश्न बेला बेलामा आफुलाई आउने गरेको उल्लेख गर्दै सुर्तीजन्य पदार्थ उत्पादन र आयात लाई नै कानुन बनाएर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि