April 28, 2018

११ र १२ कक्षा पढाउन अब छुट्टै लाइसेन्स चाहिने

कक्षा ११ र १२ पढाउन अब शिक्षकलाई छुट्टै लाइसेन्स चाहिने भएको छ।

शिक्षा नियमावलीले कक्षा ९ देखि १२ लाई माध्यामिक तहमा ल्याए पनि मावि तहको लाइसेन्स हुने शिक्षकले अब ११ र १२ कक्षा पढाउन नपाउने आयोगले जनाएको छ।

‘स्नातक तह पास गरेका शिक्षकले ११ र १२ पढाउन पाउँदैनन्’, आयोगका प्रवक्ता दामोदर आचार्यले भने, ‘११ र १२ कक्षा पढाउने शिक्षकले छुट्टै लाइसेन्स लिनुपर्छ।’

सम्बन्धित विषयमा स्नातकोत्तर पास गरेको शिक्षकले मात्रै ११ र १२ कक्षा पढाउन पाउने उनले बताए।

स्नातकोत्तर तह पास गरी यस अघिदेखि नै प्लस टु पढाएका शिक्षकलाई नै ११ र १२ कक्षा पढाउन आयोगले अस्थायी लाइसेन्स दिएको उनले बताए।

‘कुनै परीक्षा लिएर होइन, कार्यरत रहेकै अधारमा ११ र १२ पढाउने अनुमति पत्र दिने गरेका छौं,’ प्रवक्ता आचार्यले भने, ‘स्नातकोत्तर पास गरेका शिक्षकले मात्रै अनुमति पत्र लिन पाउँछन्।’

११ र १२ पढाउने अनुमति पत्र जिल्लास्थित शिक्षा हेर्ने कार्यालयबाट वितरण गरिएको छ।

स्नातक तह मात्रै पास गरेका तर माध्यिमक तह ९ तथा १० कक्षा पढाउँदै आएका शिक्षकले ११ र १२ मा पनि पढाउन पाउनुपर्ने माग गरेपछि आयोगले ११ र १२ पढाउन छुट्टै लाइसेन्स लिनुपर्ने नियम बनाएको हो।

प्लस टु खारेज गर्दै सरकारले ११ र १२ कक्षालाई पनि माध्यामिक तहमा ल्याइसकेको छ। गत वर्षदेखि नै ११ र १२ पढाउन अनिवार्य लाइसेन्स चाहिने व्यवस्था गरिएको थियो।

११ र १२ कक्षा पढाउने शिक्षकको संख्या देशभर गरी २० हजार हाराहारीमा छ। प्लस टु का लागि भन्दै जम्मा २ हजार स्थायी दरबन्दी कायम गरिएको थियो। छ/सात हजार हाराहारीमा राहत शिक्षकले अहिले पनि कार्यरत छन्।

११ र १२ पढाउने शिक्षकलाई दिएको अनुमति पत्रमा मावि तहकै अनुमति पत्र लेखिए पनि स्नातकोत्तर तह पास नगरेकोले ११ र १२ पढाउन नपाउने आयोगले जनाएको छ।

यस्तै, आयोगले चैत २३ मा स्थगित भएको शिक्षक स्थायी परीक्षा छिट्टै गर्ने तयारी गरिरहेको जनाएको छ। विद्यार्थी र शिक्षकको अनशनपछि आयोगले परीक्षा स्थगित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र