April 28, 2018

लुम्बिनीमा आउँछु भनेर कीन गएनन् केपी ओली ?

 

वैशाख १५, बुटवल ।बुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिने अन्तराष्ट्रिय बौद्ध सम्मेलन आजदेखि शुरु भएको छ । ‘लुम्विनी, नेपाल भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तिको मुहान’ नारासहित दुई दिने सम्मेलन शुरु भएको हो ।उदघाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको भए पनि उनी भने गएनन् । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने बताइए पनि उनी अनुपस्थित भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका छन् ।

सम्मेलनमा नेपाल र विदेशका बौद्ध धर्म, बौद्ध दर्शन, संस्कृति तथा सम्पदासम्बन्धी प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताहरुबाट विभिन्न १३ शीर्षकमा ३५ बढी कार्यपत्र प्रस्ततु गर्ने कार्यक्रम रहेको सम्मेलनका मिडिया संयोजक शरद प्रधानले जानकारी दिए ।

सम्मेलन सम्पन्न गर्न प्रधानमन्त्रीको अध्यक्षतामा ५६२ सदस्य मूल समारोह समिति गठन भएको थियो । सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २२ वटा देशका विभिन्न तहका बुद्धिस्ट अगुवाहरुको सहभागिता रहेको छ ।

सम्मेलनले ‘लुम्बिनी, नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उदगम भूमि तथा विश्व शान्तिको मुहान’ नारालाई अन्तराष्ट्रिय स्तरमा स्थापित गर्ने, वृहत्तर लुम्बिनी विकास क्षेत्रलाई अन्तराष्ट्रिय बौद्ध हवका रूपमा विकास गर्ने तथा दिगो विकासका लागि प्रबद्र्धन गर्ने उद्देश्य लिएकोे छ ।

लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्रको रूपमा विकास गर्ने र नेपालको संस्कृति, सम्पदा, तथा धार्मिक पर्यटनको विस्तार र प्रबद्र्धन गर्ने उद्देश्य लिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए । सम्मेलन भोलीसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय