April 28, 2018

लुम्बिनीमा आउँछु भनेर कीन गएनन् केपी ओली ?

 

वैशाख १५, बुटवल ।बुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिने अन्तराष्ट्रिय बौद्ध सम्मेलन आजदेखि शुरु भएको छ । ‘लुम्विनी, नेपाल भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तिको मुहान’ नारासहित दुई दिने सम्मेलन शुरु भएको हो ।उदघाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको भए पनि उनी भने गएनन् । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने बताइए पनि उनी अनुपस्थित भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका छन् ।

सम्मेलनमा नेपाल र विदेशका बौद्ध धर्म, बौद्ध दर्शन, संस्कृति तथा सम्पदासम्बन्धी प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताहरुबाट विभिन्न १३ शीर्षकमा ३५ बढी कार्यपत्र प्रस्ततु गर्ने कार्यक्रम रहेको सम्मेलनका मिडिया संयोजक शरद प्रधानले जानकारी दिए ।

सम्मेलन सम्पन्न गर्न प्रधानमन्त्रीको अध्यक्षतामा ५६२ सदस्य मूल समारोह समिति गठन भएको थियो । सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २२ वटा देशका विभिन्न तहका बुद्धिस्ट अगुवाहरुको सहभागिता रहेको छ ।

सम्मेलनले ‘लुम्बिनी, नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उदगम भूमि तथा विश्व शान्तिको मुहान’ नारालाई अन्तराष्ट्रिय स्तरमा स्थापित गर्ने, वृहत्तर लुम्बिनी विकास क्षेत्रलाई अन्तराष्ट्रिय बौद्ध हवका रूपमा विकास गर्ने तथा दिगो विकासका लागि प्रबद्र्धन गर्ने उद्देश्य लिएकोे छ ।

लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्रको रूपमा विकास गर्ने र नेपालको संस्कृति, सम्पदा, तथा धार्मिक पर्यटनको विस्तार र प्रबद्र्धन गर्ने उद्देश्य लिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए । सम्मेलन भोलीसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र