अनुहारको दाग, चाया र छालामा भएको धर्षा हटाउने प्राकृतिक उपाय

अनुहार तथा छालामा भएका दागहरु हटाउनका लागि घरेलु उपचार निकै नै प्रभावकारी हुन्छ । सबै मानिसहरुले महँगो मूल्यको फेशियलहरू र सर्जरीहरू गर्न सक्दैनन् । त्यस्ता मानिसले घरमै सस्तो र प्रभावकारी प्राकृतिक उपाय अपनाउन सक्छन । छालाबाट दाग-धब्बाहरु हटाउने उपाय र बिधि यस प्रकार रहेका छन् :

आवश्यक सामग्री:

१. कागती
२. भिटामिन ई युक्त तेल

प्रयोग गर्ने बिधि:

एउटा कागतीको टुक्रा लिनुहोस् र त्यसलाई एउटा सफा भाडोमा निचरेर राख्नुहोस । कागती निचोरी सकेपछि अब त्यसमा एक चम्चा भिटामिन ई युक्त तेल मिसाउनुहोस् । अब चम्चाले एकछिन घोल्नुहोस् । केहि समयपछि तयार भएको मिश्रणलाई अनुहारको दाग भएको ठाउँमा कपासको सहायताले विस्तारै ४-५ मिनटसम्म मसाज गर्नुहोस् । मसाज गरि सकेपछि अब ५ मिनेटसम्म त्यसलाई सुक्न दिनुस र सुकेपछि मुख धुनुहोस् । यो प्रक्रिया दिनको दुई पटक बिहान र बेलुका गरि प्रयोग गर्नुहोस् । १ हप्तापछि तपाई आफैले दागमा आएको परिवर्तन देख्नुहुनेछ ।

कागतीको रस छालाको समस्याको लागि सबैभन्दा उपयोगी सामग्री मानिन्छ । कागतीले छालाको दाग हटाउनुको साथै तन्किएको छालाको धर्साहरु, चाउरी परेका छाला लगायतका समस्याहरुको समाधानका लागि उपयोगी हुन्छ । साथै भिटामिन इ पनि उपयोगी मानिन्छ । भिटामिन इले तन्केको छालाको धर्साहरुलाई पुन अवस्थामा पुर्याउन मदत्त गर्दछ । शल्यक्रियापछि भिटामिन ई तेल प्रयोग गर्न केहि डाक्टरहरूले सल्लाह पनि दिने गरेका छन्। किनकि यसले छालाका कोशिकाहरूलाई पुनः प्रसार गर्न मद्दत पुर्याउँछ ।

.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि