फरार अभियुक्त समात्न प्रहरीले चलायो गोली

प्रहरीले कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई गिरफ्तार गर्न गोली चलाएको छ । अभियुक्तलाई समात्न लखेट्ने क्रममा प्रहरीमाथि ढुंगाले हानेपछि गोली चलाइएको प्रहरीले जनाएको छ ।

धरान–१५ स्थित श्याम चोक र पानबारीको बीचमा रहेको जंगलमा प्रहरीले गोली चलाएर कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षीय कुम्वे राईलाई पक्राउ गरेको हो ।

उनलाई लखेट्दै गएको प्रहरी टोलीलाई राईले ढुंगा प्रहार गर्न थालेपछि एक राउण्ड फायर गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले बताए ।

सोमबार साँझ कुम्वेको समूहले पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पढ्दै गरेका विद्यार्थी सुजन खड्का र प्रदीप सापकोटालाई छुरा प्रहार गरेका थिए । घटनामा संलग्न चारजनामध्ये दुई जनालाई प्रहरीले सोमबार नै पक्राउ गरिसकेको छ ।

खड्कालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ भने सापकोटाको स्थिति सामान्य छ ।

घटनामा संलग्न रहेका कुमार र विज्ञान लिम्बु सोमबारै पक्राउ परेका थिए । उनीहरुमाथि ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाइएको छ । सामान्य रिसिबीका क्रममा उनीहरुले दुई जनालाई छुरा प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित