एमाले र माओवादी केन्द्रबीच आज एकीकरण

केन्द्रमा पार्टी एकीकरण गर्न ढिलाइ भएको भन्दै झापा मेचीनगरको एउटा वडामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज एकीकरण घोषणा गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना र लेनिन दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको वडा नं १० मा एमाले र माओवादी वडा कमिटीबीच एकीकरण गरिएको हो ।

पार्टीको केन्द्रीय नेतृत्वले आजकै अवसर पारेर एकीकरण गर्ने पहिल्यै घोषणा गरिसके पनि हाल केही विषयमा अलमल भइरहेको देखिँदा केन्द्रमा समेत दवाव सिर्जना गर्न वडा तहमा दुबै कमिटी गाभेर नयाँ कमिटी घोषणा गरिएको एमाले झापा जिल्ला कमिटीका सल्लाहकार सदस्य भीम खवासले बताए ।

आज बिहान धुलावारी बजारमा दुबै पार्टीका कार्यकर्ताहरुले संयुक्त रुपमा ¥याली निकाल्नुका साथै कोणसभा र पत्रकार सम्मेलन गरेका छन् ।

कोणसभामा प्रकाश खड्काको संयोजकत्वमा ७७ सदस्यीय नयाँ कमिटी घोषणा गरिएको थियो । खड्का यसअघि एमाले मेचीनगर वडा नं १० का अध्यक्ष थिए । यसअघि माओवादी केन्द्रको वडा कमिटीका अध्यक्ष रहेका दलबहादुर कट्टेलले केन्द्रमा एकीकरण गर्न विलम्ब भएकाले स्थानीय कार्यकर्ता र शुभेच्छुकहरुको आग्रहअनुसार वडा तहमा स्वतःस्फुर्त एकीकरण गरिएको बताए ।

माओवादी केन्द्रका नेता हृदय राजवंशीले केन्द्रमा आज एकीकरण हुने भनी पहिल्यै तय भइसकेको कार्यक्रम पदीय भागवण्डाको निहुँमा अवरुद्ध हुँदा जनता असन्तुष्ट रहेको जनाउँदै एउटै पार्टी निर्माण गर्ने भनेपछि भागवण्डा बाधक हुन नपर्ने धारणा व्यक्त गरे ।

आज एकीकरण गरिएको वडा कमिटीका संयोजक प्रकाश खड्काका अनुसार गत चुनावमार्फत एकीकरणलाई अनुमोदन गरिसकेका जनताको अब पर्खिने धैर्य टुटिसकेको जिकीर गर्दै आजदेखि आफ्नो वडामा एमाले र माओवादी दुबै पार्टीको पुरानो कमिटी स्वतः निष्क्रिय भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको